नेपाली समुदायका औपचारिक कार्यक्रमहरु ब्यबस्थित र मर्यादित बनाउन बेल्जियमका संघसंस्थाहरुको अन्तर्कृया सम्पन्न

0

बेल्जियममा कृयाशिल नेपाली समुदायका संघसंस्थालाई अझ बढी परीणाममुखी बनाउने र यहाँ हुने कार्यक्रमलाई मर्यादित , व्यवस्थित र आकर्षक बनाउनका लागि सामाजिक उत्तरदायित्वका बारेमा छलफल, अन्तर्कृया सम्पन भएकोछ ।

नेपाली ब्यबसायी संघ बेल्जियमले सहजिकरण् गरेको अंतरसंस्थाको सम्बन्धलाई सुदृढ , मैत्रीपूर्ण बनाउन र संस्थाहरुको स्तर बिकास गर्न सकिने उपायका बारेमा मिहिन ढंगले छलफल भएकोछ । यहाँ स्थापित ३६ संस्थाका अध्यक्ष, पदाधिकारी एबम प्रतिनिधी उपस्थित भएको कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी लगायत  एनआरएन अभियन्ताहरुका साथै पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको बारेमा एजेन्डा सहित ब्यबसायी संघ बेनेलक्सका अध्यक्ष यामु निरौलाले प्रकाश पार्नु भएको थियो ।

बैचारिक,सामाजिक,क्षेत्रीय,जातीय संघ संस्थाहरुलाई बेल्जियमको नेपाली समुदायलाई बिकसित र प्रभाबकारी बनाउनका लागि यहाँ हुने संस्थागत गतिबिधिहरुलाई कसरी ब्यबस्थित र सान्धर्बिक बनाउन सकिन्छ भनेर सुझाब संकलन गरिएको थियो ।

अन्तरकृया कार्यक्रमलाई सुझाब दिदै राजदुत राजभन्डारीले बिशौ बर्ष देखि युरोपमा बसेका समाजका अगुवाहरुले पनि समयको महत्व नबुझेको र कार्यक्रमहरु जनअपेक्षा अनुरुप हुन नसकेकाले समुदायमा सार्वजनिक कार्यक्रम प्रति बित्रिष्णा बढेकोछ भन्नु भयो । उहाले देशको लागि गर्नु पर्ने अति महत्वपूर्ण कूटनैतिक काम संगै यहाँको नेपाली समुदायका हितका सहकार्य गरेर काम गर्न नेपाली दुतावास तत्पर रहेको छन भन्दै सबैको गरिमा र जिम्मेवारीको महत्व बुझिदिन आग्रह गर्नु भयो ।

गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सीता सापकोटाले यहाँका संघ संस्थाले गर्ने सबै कार्यक्रम समुदायको हितको लागि हुनु पर्ने र भएका कमी कमजोरिलाई सच्याएर आगामी दिनमा एकताबद्ध भएर सामाजिक गतिबिधी गरु भन्नु भयो । एनआरएनए बेल्जियमले छुट्टै संघ संस्था समन्वय उपसमिती बनाएर अन्तरसंस्था सम्बन्ध बलियो बनाउन पहल गरी रहेकोले आगामी दिनमा यस खाले अभियानलाई अझ प्रभाबकारी बनाउन काम गर्ने विश्वाश दिलाउनु भयो ।

एनआरएनए बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, पूर्व अध्यक्ष प्रेम गुरुङ, पूर्व अध्यक्ष एबम एनआरएनए आरके शर्मा समुहका आइसिसी उपाध्यक्ष गंगाधर गौतमले सार्वजनिक कार्यक्रममा सहभागि हुँदाका अनुभब र सुधारका लागि अबलम्बन गर्नु पर्ने उपायहरु सुझाउनु भएको थियो ।

नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवासले कार्यक्रम समापन गर्दै अन्तरसंस्थाको सम्बन्ध मजबुत बनाउन र स्तरीय कार्यक्रम गर्ने सम्बन्धको अन्तर्कृयाको सहजिकरण गर्ने अबसरका लागि सबै संघ संस्थालाई धन्यवाद दिनु भएको थियो ।

नेबाबका महासचिब जगदिश सापकोटाले संचालन गरेको कार्यक्रममा बेदराज पुरीले डिजिटल क्यालेन्डरको डेमो प्रस्तुत गर्नु भएको थियो भने उपाध्यक्ष कासी दनैले आउदो नेपाली फुड फेस्टिबलको तयारीका बारेमा जानकारी गराउनु भएको थियो ।

औपचारिक कार्यक्रमलाई मर्यादित र ब्यबस्थित बनाउन र संघ संस्थाका कार्यक्रमहरु नजुधाउन नेपाली समुदायले गर्ने औपचारिक कार्यक्रम र समारोह, चाडबाडहरुको वार्षिक क्यालेन्डर बनाएर पालन गरेमा अन्तर संस्था सम्बन्ध बलियो हुने साथै समयको बचत तथा कार्यक्रम स्तरीय र विश्वशनीय हुने विश्वाश सहभागिहरुको रहेकोछ ।

Leave A Reply

Your email address will not be published.