अन्तराष्ट्रिय पर्वत समाजको समिति बिस्तार, बिभिन्न ब्यक्तिहरुलाई मार्ग निर्देशन समिति, प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार र कार्यसमिति सदस्यमा मनोनयन,

0

अन्तराष्ट्रिय पर्वत समाजले संस्थाका अग्रजहरुलाई मार्ग निर्देशन समिति, प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार र कार्य समिति सदस्य मनोनयन गरेको छ । संस्थाका अध्यक्ष गुणराज शर्मा ‘गुराँश’ को अध्यक्षतामा २८ जनवरी २०२४ मा बसेको अनलाइन बैठकले संस्थाका संस्थापक अध्यक्ष पुरन गिरीलाई मार्ग निर्देशन समिति परिषदको संयोजकमा मनोनयन गरेको छ । त्यस्तै संस्थाका निवर्तमान अध्यक्ष झलक केसीलाई प्रमुख संरक्षकमा मनोनयन गरेको अन्तराष्ट्रिय पर्वत समाजले जनाएको छ ।

अन्तराष्ट्रिय पर्वत समाजका सचिव कमल लामिछानेले दिएको जानकारी अनुसार संस्थाका संरक्षकमा हितकाजी गुरुङ (बेलायत),कुल आचार्य (बेलायत), महेश श्रेष्ठ (जापान), सुबास जोशी (सन्तोष) (बेल्जियम), सुरेन्द्र भूसाल (बेल्जियम), अर्जुनकुमार श्रेष्ठ (बेल्जियम), गोविन्द सुवेदी (बेल्जियम), मोहन शर्मा (यु.ए.ई.) कृष्ण तिवारी (बेल्जियम),रूद्र शर्मा (दक्षिण कोरिया) र दुर्गाप्रसाद श्रेष्ठ (अमेरिका) मनोनयन गरेको छ ।

संस्थाको सल्लाहकारमा उदय राज गौतम (डेनमार्क), वालेन्द्र गुरुङ (बेल्जियम), खड्क केसी (बेल्जियम), अर्जुन श्रेष्ठ (स्विडेन), नारायण सुवेदी (जापान), ठाकुरप्रसाद शर्मा (मनहरी) (नेदरल्याण्ड), गोपी चन्द्र भूसाल (यु.ए.ई.),परशुराम पौडेल (यु.ए.ई.), सागर सुवेदी (अस्ट्रिया), देव बहादुर गुरुङ (अस्टेलिया),नेत्र आले (बेलायत), चन्द्र कुमारी गुरुङ (बेल्जियम), पारस गौतम (बेल्जियम), भिम जोशी (रोशन)(बेल्जियम), डा. रोशन शर्मा पौडेल (दक्षिण कोरिया),भिम वहादुर गुरुङ –हङकङ), छविलाल भट्टराई (कतार), सीतल भूर्तेल (स्पेन), नारायण गुरुङ (लेजेम्बर्ग), ओमर वहादुर गुरुङ (स्पेन), गोपाल चन्द्र लामिछाने (अमेरिका), हेमराज सापकोटा (मलेसिया), पदमबहादुर क्षेत्री र “रामचन्द्र”(नेदरल्याण्ड) लाई मनोनयन गरिएको छ ।

संस्थाले कानूनी सल्लाहकारमा केशवराज पुरीलाई मनोनयन गरेको छ, भने आर्थिक सल्लाहकारमा शेषराज रेग्मीलाई मनोनयन गरेको जनाएको छ । साथै सोही बैठकले कार्यसमिति पनि विस्तार गरेकोछ । समाजले कार्यसमितिको सदस्यमा दिपक न्यौपाने (बेल्जियम), दिनेशराज रेग्मी (स्पेन), नारायण गिरी (बेलायत), अशोक किरण न्यौपाने(अमेरिका) सुबास भट्ट (बेल्जियम), अर्जुन किशोर न्यौपाने(अमेरिका), विद्या आचार्य (पोर्चुगल), जितेन गुरुङ (अमेरिका) र उमाकान्त शर्मा (अमेरिका) लाई मनोनयन गरेको छ ।
बिधान अनुसार रहने ३१ जनाको सल्लाहकार समितीमा अग्रज एबम सामाजिक व्यक्तित्व थपेर पछि पूर्णता दिईनेछ।
बैठकले संस्थाको हित र सामाजिक भावलाई मध्येनजर गदै पर्बतमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने निर्णय गरेको छ । जिल्लाको सात पालिकाको स्वास्थ्य अवस्थालाई मध्येनजर गरी कुनै एक पालिका छनोट गरी शिविर संचालन गर्ने संस्थाले जनाएको छ । अन्तराष्ट्रिय पर्वत समाजले यसअघि जिल्लाको फलेवास नगरपालिका, पैयुँ गाउँपालिका र जलजला गाउँपालिकामा स्वास्थ्य शिविर आयोजना गरिसकेको छ । शिविर आयोजना तथा व्यवस्थापनको लागि संस्थाका उपाध्याक्ष संगीता कार्कीलाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ । संस्थाले नेपाल प्रतिनिधी मुना भुषाललाई सदस्य रहने गरी शिविर संचालन गर्ने छन् ।

अन्तराष्ट्रिय पर्वत समाजले संस्थाका नियमित गतिबिधिलाई कार्ययोजनामा समावेश गरी कार्यपात्रो तयार गर्ने र सोहि योजना अनुरुप सामाजिक तथा मानवीय सेवा काम गर्ने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.