एनआरएनएको निर्वाचनमा भएको धाँधलिको प्रमाण र सिआईबीको रिपोर्टका आधारमा छानविन समितिले निर्णय गर्छ —सुबेदी

0

गैर आबासीय नेपाली संघको बर्तमान गतिरोध अन्त्य गर्न नेपाल प्रहरिको सिआइबीले दिएको रिपोर्ट र निर्वाचनमा भएको धाँधलिको प्रमाणका आधारमा नेपाल सरकारबाट गठित छानविन समितिले उपयुक्त निर्णय लिनेमा आफु विश्वस्त रहेको संघका महासचिव बुद्धी सागर सुबेदीले बताउनुभएको छ । गैरआवासीय नेपाली संघको निर्वाचन तथा व्यावसायिक कामको सिलसिलामा ७ महिना नेपाल बसाईपछि अमेरीका फर्कने क्रममा सुबेदीले उक्त भनाइ राख्नु भएको हो ।

सिकागो अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्न पुगेका गैरआवासीय नेपाली संघका विभिन्न तहका पदाधिकारी, सदस्यहरु एवं विभिन्न संघसंस्थाका प्रतिनिनिहरुलाई स्थानीय हिमालय होटेलमा धन्यबाद ज्ञापन गर्दे उहाँले अनलाईन मतदान प्रणाली खारेज गर्नुपर्ने धारणा राख्नु भयो ।
पहिलो पटक प्रयोग गरिएको अनलाईन भोटिंगका कारण गैरआवासीय नेपाली संघमा विग्रह आएको भन्दै अवको निर्वाचनमा भौतिक उपस्थितिबाटै निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकता प्रदान गरेपनि यसको प्रयोग र अधिकारबारे अन्यौलता रहेको भन्दै नेपालको संविधानले दिएका अधिकार कुन्ठित नहुने गरि छिटो भन्दा छिटो कानुन तथा नियमावली निर्माण गर्न सरकारसंग कुरा भैरहेको उहाले जानकारी दिनु भयो ।
गैरआवासीय नेपाली नेपालमा लगानी गर्न इच्छुक भएपपनि व्यावसाय मैत्रि बाताबरण नरहेको भन्दै लगानी भित्र्याउनका लागि नारामा मात्र होइन वातावरण सुधार गर्न आबस्यक छ भन्नु भयो । नेपालमा आफ्नो लगानी रहेको पाँचतारे होटेल टाइगर प्यालेस छिट्टै पुर्ण रुपमा संचालनमा आई रोजगारी तथा राजश्व बृद्धिमा टेवा पुर्याउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

नेपाली जनसम्पर्क समिति सिकागो च्याप्टर सभापति कृष्ण खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा जयनेपाल फाउण्डेसनका च्याप्टर सभापति खेम पन्थीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा पुर्व सांसद राम ज्ञवाली, गैरआवासीय नेपाली संघ अमेरीका युवा क्षेत्रिय उपसंयोजक विशाल राना, जयनेपाल फाउन्डेसनका प्रवक्ता एवं गैरआवासीय नेपाली संघ अमेरीकाका पुर्व सल्लाहकार लाल काफ्ले, गैरआवासिय नेपाली संघ क्यानडाका निवर्तमान सभापति दिपक गौतम, सिएनएफएसका पुर्व अध्यक्ष खेम पाठक, नयाँ एप्पलटनका नवनिर्वाचित अध्यक्ष हरि अधिकारी गैरआवासीय नेपाली संघ अमेरीकाका सदस्य दुर्गा तिवारी, विस्कान्सेन च्याप्टरका महिला उपाध्यक्ष साधना रेग्मी, सिएनएफएसका सल्लाहकार हुमकान्त काफ्ले, गैरआवासीय नेपाली संघ इलिनोएस च्याप्टरका सभापति बलराम पोखरेल, विस्कान्सेनका अध्यक्ष राजकुमार हमाल, च्याप्टर कोषाध्यक्ष देबेन्द्र तिवारी, लगायतले महासचिव सुबेदीलाई स्वागत गर्दै मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जयनेपाल फाउण्डेसनका विस्कान्सेन च्याप्टर सभापति गोविन्द श्रेष्ठले संचालन गरेको कार्यक्रममा पुर्व साँसद ज्ञवालीले गैरआावसीय नेपाली संघले सवैको साझा संस्थाको रुपमा नेपालको विकासमा टेवा पुर्याउनुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.