अन्तरराष्ट्रिय काभ्रे सेवा समाजको गठन , अध्यक्षमा बेल्जियमका दिनेश उप्रेती,

0

विश्वका बिभिन्न देशमा बसोबास गरिरहेका काभ्रेलीहरुले जिल्लाको लागि सकेको सहयोग गर्ने गरी अन्तर्राष्ट्रिय काभ्रेपलान्चोक सेवा समाज गठन गरेका छन् । केही देशमा काभ्रेलीहरु एकजुट भएर काभ्रेली समाजको गठन भएको अवस्थामा यसलाई बिस्तार गरेर सबैलाई जोड्न समानवय गर्ने गरी अन्तरराष्ट्रिय काभ्रेली समाजको गठन गरिएको हो ।

समाजको अध्यक्षमा बेल्जियमका दिनेश उप्रेती सर्वसम्मत चयन भएका छन् भने महासचिव अमेरिकाका मोहन विष्ट चयन भएका छन् । उप्रेतीको अध्यक्षतामा रहेको समितिमा उपाध्यक्ष – शम्भु गौतम(बेलायत) दिल लामा(युएइ), रबिन्द्र शर्मा(बेलायत), मन्जु गिरी (जापान), महासचिव- मोहन विष्ट (अमेरिका), सचिव- सिरि सत्याल(क्यानाडा), बिजय बस्नेत(अस्ट्रेलिया ), बिनय बुढाथोकि(माल्टा, लिला हुमागाइ(साउदि) कोषाध्यक्ष – यम श्रेष्ठ (नेपाल) लाई चयन गरिएकोछ ।

सदस्यहरुमा अशोक उप्रेती (इटाली), सुपेन्द्र घिसिङ(जापान), मिलन शर्मा (बेलायत),राम प्रसाद मैनाली(स्पेन), दिनेश गौतम(कोरिया)धर्म राज गौतम(कोरिया), अशिम कोइराला(अस्ट्रेलिया ) र सरला अधिकारी महिला सदस्य(बेल्जियम) रहेका छन।

बाँकी पदाधिकारी र सल्लाहकारहरु आबस्यकता अनुसार चयन गरिने निर्णय भएको अध्यक्ष उप्रेतिले बताउनु भएकोछ ।

 

Leave A Reply

Your email address will not be published.