श्रमको मुल्य र महत्व पहिचानको अभाव भयो : सभामुख घिमिरे  

0

भीमफेदी \ संघीय संसदका सभामुख देवराज घिमिरेले श्रमको मुल्य र महत्व पहिचानको अभाव भइरहेको बताउनु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजनाको सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले श्रमको उचित मुल्य र महत्व पहिचान गरि सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनु पर्ने बताउनुभयो ।

उहाँले श्रमिकहरुको सामाजिक उत्थान गराउन कोषमा आवद्ध गराउन तीनै तहका सरकारले पहल कदमी लिनुपर्ने बताउनुभयो । कोषमा हालसम्म ५१ अर्ब २९ करोड रुपैयाँ संकलन भएको उहाँको भनाई छ । उहाँका अनुसार राज्यले कमजोर नागरिकहरुलाई आथिर्क सहायता दिन र सामाजिक सुरक्षा प्रदान गर्न उक्त योजना ल्याएको हो । कोषले श्रमिकहरुको जीवनलाई सार्थक बनाउन र आवश्यक सेवा सुविधा उपलब्ध गराउन फलदायी रहेको उहाँले बताउनु भयो ।
संघीयतालाई सहि ढंगबाट कार्यान्वयन गर्न सकेको खण्डमा मुलुकको समृद्धि सम्भव रहेको र संघीयता कार्यान्वयनको चरणमा तीनै तहका सरकार गम्भिर भएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।  उहाँले नागरिकको हक अधिकार र सेवा प्रवाहका विषयमा सहि ढंगबाट काम गर्न कुनै पनि कानुनले बाधा नपर्ने बताउनुभयो । सहि नियतले प्रभावकारी योजना बनाएर कार्यान्वयनका अघि बढ्न सके ऐन कानुनल काम गर्न नरोक्ने उहाँको भनाई छ ।

सभामुख घिमिरेले सामाजिक सुरक्षा कोषका विषयमा श्रमिक र रोजगारदाता संस्थाहरु जानकारी गराएर आवद्ध गराउनु पर्नेमा जोड दिनुभयो । राज्यले लिएको नीतिलाई कार्यान्वयनको पहल गरेको भन्दै उहाँले भीमफेदी गाउँपालिकाको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका सचेतक महेश बर्तौलाले सामाजिक सुरक्षा कोषमा संघीय र प्रदेश सरकारको लगानी गनुपर्ने बताउनु भयो । सामाजिक सुरक्षा योजनाको स्थायीत्व र निरन्तरताको लागि तीनै तहका सरकारको लगानी र श्रमिकहरुको सहलगानी जरुरी रहेको उहाँको भनाई छ ।  उहाँका अनुसार संगठित र औपचारिक क्षेत्रमा २७ लाख श्रमिकहर मध्ये हालसम्म ४ लाख ७८ हजार श्रमिकहरु आवद्ध रहेको र सामाजिक सुरक्षा कोषमा हालसम्म देशभरका एक सय १३ रोजगार दाता संस्थाहरु दर्ता भएका छन् ।

Leave A Reply

Your email address will not be published.