रास्वपा बेल्जियमलाई काङ्रेसको चुनौती,

0

नेपाली काङ्रेसको बिदेश स्थित संगठन नेपाली जनसंपर्क समिती बेल्जियमले रास्वपाको बैदेशिक संगठन स्वतन्त्र प्रवासी नेपाली मंच बेल्जियमलाई कानुनी कठघरामा उभ्याउने भएकोछ ।

नेपाली काङ्रेसकी नेत्री एबम परराष्ट्रमन्त्री आरजु राणा देउबाको सम्मानमा आयोजना गरिएको पार्टिको आन्तरिक कार्यक्रम स्थल बाहिर बिना अनुमति प्रदर्शन गरेको र कुनै जानकारी बिना आएर मन्त्रिले ज्ञापनपत्र बुझ्न नमानेको भनेर अनर्गल प्रचार गरिएकोमा एक बिज्ञप्ति जारी गर्दै बिरोध गरिएकोछ ।

संगठनका सदस्य र सुभेक्षुकहरु सँग अन्तर्कृया र रात्रीभोज गर्ने गरी आयोजना गरिएको आन्तरिक कार्यक्रममा मन्त्रीलाई भेट्न् दिईएन भनेर अनर्गल प्रचार गरेको, अभिब्यक्ती स्वतन्त्रता लगायत मानिसका सबै खाले स्वतन्त्रताको लागि संघर्ष गरेको पार्टीलाई अनाबस्यक लान्छ्ना लागाएकोमा समितिका सभापति सुबाश गुरुङ द्वारा हास्ताक्षरित बिज्ञप्तीमा बिरोध जनाइएकोछ ।

साथै गुरुङ्ग परिवारले आफ्नो ब्यवसायको बदनामी हुने गरि रेस्टुरेन्टको ढोका अगाडि आएर प्लेकार्ड देखाउने, हल्ला गर्ने, ग्राहकलाई आतँकित पार्ने र बालबालिकाहरुलाई मानसिक टर्चर हुने गरि रेस्टुरेन्ट र बासस्थान अगाडि बिरोध र प्लेकार्डका फोटो, भिडियो टिकटक लगायतका संजालमा शेयर गर्ने ब्यक्ति बिरुद्ध कानुनी प्रकृया सुरु गर्ने बताएका छन ।

युरोप र बेल्जियमको कानुन बिपरित समाजको नेत्रित्व गर्छौ भन्नेहरुबाट अर्काको ब्याबसायिक र बैयक्तिक स्वतन्त्रतामा क्षति पुर्याउने काम हुनु दु:खद भएको बाताउदै गुरुङ्ग परिवारले कानुनी प्रक्रिया मार्फत न्याय खोज्ने बताएकाछन ।

सभापति गुरुङ्गले कानुन र मर्यादा बिपरितका यस खाले गतिबिधी गर्ने अराजक ब्यक्तिहरुलाई कारबाही गरेर संगठनबाट निस्कासित गर्न वा यसको जिम्मा लिएर कानुनी कारबाहीको भागीदार हुन स्वतन्त्र प्रवासी नेपाली मंच बेल्जियमलाई चुनौती दिएकाछन ।

Leave A Reply

Your email address will not be published.