अध्यक्ष ओलीसँग सीपीसी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुनको शिष्टाचार भेट

0

काठमाडौं \ नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएकी चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हायानको टोलीले आज शिष्टाचार भेट गरेको छ ।

नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–चीनबीच पारस्परिक सहयोग, नेपालको आर्थिक विकासमा चिनियाँ सहयोग र दुई पार्टीबीचको आपसी सम्बन्धलगायत विषयमा कुराकानी भएको भेटमा सहभागी एमाले परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनालले जानकारी दिनुभयो ।

भेटमा सीपीसी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुनले नेपाल र चीनबीच पारस्परिक सहयोगका विभिन्न आयाममाथि चर्चा गर्दै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने प्रतिवद्धता जनाउनुभएको थियो ।

उहाँले चीनले गरेको आर्थिक विकासबाट नेपालले लाभ लेओस् भन्ने चाहना चीनको रहेको स्पष्ट पार्दै त्यसका लागि नेपालले प्राथमिकता निर्धारण गरेर विकास परियोजनाहरू अगाडि बढाउन सक्यो भने चीन सहयोग गर्न सदैव तयार रहेको जानकारी गराउनुभएको थियो । भेटमा उपमन्त्री सुनले चीनका राष्ट्रपति सी चिनफिङले अध्यक्ष ओलीलाई पठाउनुभएको शुभकामना र सम्झना सुनाउनुभयो ।

Leave A Reply

Your email address will not be published.