अफगानिस्तानलाई हराउँदै नेपाल १९ वर्षमुनिको विश्वकप क्रिकेटको ‘सुपर सिक्स’ मा

0

अफगानिस्तानलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिकाे विश्वकप क्रिकेटकाे ‘सुपर सिक्स’ मा पुगेकाे छ ।

दक्षिण अफ्रिकाकाे इस्ट लन्डनमा आज भएकाे समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हरायाे । अफगानिस्तानले दिएकाे १ सय ४६ रनकाे लक्ष्य नेपालले ४४ ओभर ४ बलमामा ९ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान देव खनालले अर्धशतक बनाए । देव ८९ बलमा ५८ रन बनाएर आउट भए । यस्तै दीपक बोहराले २७ रन जोडे । अफगानिस्तानका फरिदून दाउदजाईले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे अफगानिस्तान ४० ओभर १ बलमा एक सय ४५ रन बनाउँदा अल आउट भयाे । अफगानिस्तानका माेहम्मद घजनफरले सर्वाधिक ३७ रन बनाए । नेपालका आकाश चन्दले ५ विकेट लिए ।

नेपाल समूह ‘डी’ मा तेस्रो हुँदै ‘सुपर सिक्स’ पुगेको हो । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । नेपाल रहेको समूहबाट पाकिस्तान र न्युजिल्यान्ड पनि ‘सुपर सिक्स’ मा पुगिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.