एनआरएनए ब्लड बस परीयोजना जस्तो परोपकारी कामको जस लिन षड्यन्त्र भएकोमा संयोजक द्वयको आपत्ति

0

गैर आबासीय नेपाली संघले सात प्रदेशलाई बितरण गर्ने घोषणा गरेको मोबाईल ब्लड बस परीयोजनाका मधेश प्रदेश संयोजक सुनील शाह र कोशी प्रदेश संयोजक दीपक गौतमले योजना पुरा भएकोमा खुशी ब्यक्त गरेका छन ।

साथै उनीहरुले एनआरएनएको ११ औ महाधिबेशनमा सिर्जना भएको बिबादबाट बनेको एउटा समुहले त्यस परीयोजनालाई एकलौटी आफुले गरेझै प्रचार गरि, निरन्तर खटेर परीयोजना सफल बनाउन लागेका समितिका सदस्यहरु र आम चन्दादाताको अपमान गरेको बताएकाछन ।

यो परीयोजनाको सुरुवातकर्ता मध्यका एक एनआरएनए क्यानडाका निबर्तमान अध्यक्ष दीपक गौतम र एनआरएनएका निबर्तमान कोषाध्यक्ष एबम बर्तमान आरके शर्मा समुहका उपाध्यक्ष सुनील शाहले आफुहरुलाई बाइपास गरेर अर्को समुहले “काम गर्ने कालु मकै खाने भालु”  भन्ने उखान चरितार्थ गरेको बताएकाछन ।

कोभिड महामारी, बैदेशिक मुद्रा जम्मा गर्न नेपालको कानुनी जटिलताका साथै तत्कालिन कार्यसमितिलाई परीयोजना अनुमोदनका लागि गरेको प्रयास र ब्लड बसका लागि रकम जुटाउने चुनौतिपूर्ण कामको स्मरण गर्दै मधेश प्रदेश संयोजक शाहले सबैलाई धन्यवाद दिएकाछन ।

साथै कोशी संयोजक गौतमले पनि यस खाले परोपकारी अभियानलाई पक्ष बिपक्षमा जोडेर प्रचार गर्न नहुने बताएकाछन ।

गैर आबासीय नेपाली संघले दुर्घटनामा परेकाहरुको आकस्मिक उपचारमा रगतको अभाबले धेरैको ज्यान जाने गरेकोले त्यस समस्याको स्थायी समाधान होस् भनेर घुम्ती रक्त संकलन बस सेवाको परीकल्पना गरेको हो ।

सोही अनुसार स्थानीय निकाय र रेडक्रस एबम रक्त संचार केन्द्रको सहकार्यमा ब्लड बसहरु बितरण गरिएका हुन । पहिलो बस चितवनमा र दोश्रो सुदुरपष्चिम प्रदेशमा बितरण भएका थिए भने अहिले एकै पटक कोशी र मधेश प्रदेशमा बस संचालन भएका छन ।

शहरमा भएका अस्पतालहरुमा रगत अभाबको पुर्ती गर्न गाउ गाउमा रक्त संकलन शिबिर संचालन गर्नका लागि बसहरुलाई प्रयोग गरिने उद्येस्य राखिएकोछ ।

Leave A Reply

Your email address will not be published.