गैर आबासीय नेपाली संघ बेल्जियम एकताबद्ध, सल्लाहकारहरुलाई गर्‍यो सम्मान,

0

गैर आबासीय नेपाली संघ बेल्जियमले यहाँको नेपाली समुदायलाई एकताबद्ध बनाएर एक अर्का सँग हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता जनाउदै पूर्ण बैठक सम्पन गरेकोछ ।

संगठनले मनोनित गरेका सल्लाहकारहरु, मानार्थ सदस्यहरु लगायतका पदाधिकारीहरुलाई सम्मान गरेर सुरु भएको बैठकले आइसिसीमा देखिएको बिबाद र एनसीसी चुनाव पछि बेल्जियममा देखिएको अन्योल तथा असमझदारी अन्त्य भएको र अबका दिनमा सबै सँग सहमति र सहकार्य गरेर काम गर्ने निर्णय गरेकोछ ।

केन्द्रको निर्वाचनमा धादली भएको भनेर दुई वटा समिति बने देखि त्यसको असर बेल्जियममा पनि देखिने गरेको थियो । हिजोको बैठकमा संस्थाका सल्लाहकार एबम गत निर्वाचनमा अध्यक्ष पदमा उपबिजेता बनेका तिर्थ धमलाले आफुलाई सल्लाहकारको जिम्मेवारि सहित सम्मान गरेकोमा धन्यबाद दिदै बेल्जियमको नेपाली समुदायको हितका लागि संस्थाले गर्ने हरेक काममा सहयोग  रहने विश्वाश दिलाउनु भएको थियो ।

एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा र महासचिब रुबिना शर्माले पनि केन्द्रको बिबादमा कुनै पक्षमा पनि नलागी बेल्जियमको नेपाली समाजको एकता र सुख दु:खमा सहयोगि बनेर काम गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।

संस्थाका पूर्व अध्यक्ष एबम पदाधिकारीहरु र सल्लाहकारहरु, मानार्थ सदस्यहरु अनुशासन समितिका सदस्यहरु, आइसीसी सदस्यहरु, कार्यसमितिका पदाधिकारीहरु सबैले बेल्जियमको नेपाली समाजको हित,कला संस्कृतिको प्रबर्धन , नेपालीपनको उत्थानका लागि युबा पुस्तालाई संस्था सँग जोड्ने, लगायतका बिभिन्न समसामयिक बिषयमा बैठकमा सुझाब दिनु भएको थियो ।

हिजोको बैठकले बेल्जियममा नेपाल मेला, संस्थाका गतिबिधी समेटिएको त्रैमासिक बुलेटिन प्रकाशन, एक देश एक परीयोजनाका लागि श्रोत जुटाउन कार्यक्रम गर्ने, अन्तरराष्ट्रिय महिला दिवसको तयारी, बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीको प्रमुख संरकक्षकत्वमा पूर्व अध्यक्षहरु रहेको संरकक्षक परिषदको गठन, नेपाली नयाँ बर्षमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने लगायतका बिषयमा निर्णय गरेकोछ ।

एनआरएनए बेल्जियमका अध्यक्ष सिता सापकोटाको अध्यक्षतामा भएको बैठकको सन्चालन महासचिब रुबिना शर्माले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.