नेपाली बालिका स्तुती बस्नेत बेल्जियमको टप मोडेल प्रतियोगिता किड्सको पब्लिक अवार्ड विनर बनेकि छिन ।
बेल्जियमको लुभेन शहरमा बस्ने बुद्द बस्नेत र सुनीता बस्नेतकी छोरी स्तुती एक बर्ष भन्दा बढी टप मोडेल एक्याडेमीमा तालिम लिएर सो प्रतियोगितामा प्रतिष्पर्धा गरि रहेकी थिईन ।
टप मोडेल वेल्जियम एकेडेमीको आयोजनामा वेल्जियमको एन्त्रोपन शहर स्थित सान मार्को भिलेजमा भएको फाइनल राउन्डमा उनी पब्लिक अवार्ड विनर बनेकी हुन ।
एकेडेमीले हरेक बर्ष गर्दै आएको यो प्रतियोगिता यस बर्ष २१ औ संस्करण हो । यस प्रतियोगितामा स्तुतीले किड्स गर्ल अन्तर्गत भाग लिएकी हुन ।
एक्टिङ्, डान्सिङ्,फोटो सेसन ,होस्टिङ गर्न मन पराउने स्तुती बालिकाहरुको मोडेल प्रतियोगिताको सबै भन्दा धेरै जनमत पाएर बिजेता बनेकी हुन ।
६३४ जना प्रतियोगी रहेको उनको टिममा सर्ट लिस्टेड भएका ३५ जना र गएको बर्ष को फाइनलिस्टबाट छनिएर आएका २५ जन गरि ६० जनामा स्तुती पब्लिक च्वायसमा प्रथम भएकी हुन ।
बेल्जियमको नेपाली समुदायकी यि सानी नानीको सफलतामा यहाँको समाजका अग्रजहरु लगायत एनआरएनए बेल्जियम लगायतका संघ संस्थाहरुले खुशी ब्यक्त गरेका छन । उनलाई बिजेता बनाउन नेपाली समुदायले गरेको सहयोगका लागि उनका अबिभाबकहरुले आज एक बिज्ञप्ती जारी गर्दै धन्यवाद ज्ञापन गरेका छन ।