नेपाली ब्यबासायी संघ बेल्जियमको “मीट एन्ड ग्रीट” कार्यक्रम सम्पन्न,

0

नेपाली ब्यबसायी संघ बेल्जियमले ब्रसेल्स क्षेत्रका नेपाली ब्यबसायिहरु र ब्यवसाय गर्न चाहने नेपालीहरु संग भेटघाट एबम अन्तरकृया सम्पन्न गरेकोछ । जनवरी १५ सोमबारका दिन नेपाली व्यवसायी संघ बेल्जियमको कार्ययोजना अन्तर्गत रहेको “मिट एन्ड ग्रिट” लाई विस्तारित गर्ने क्रममा ब्रसेल्स मिलन केन्द्रको सहकार्य र ब्रसेल्स क्षेत्रका क्षेत्रिय संयोजक दिपेश सुबेदीको पहलमा ब्रसेल्समा सम्पन्न भएको हो ।

सोही दिन संघका पदाधिकारीहरुले बेल्जियममा खानाको गुणस्तर र यसको जनमैत्री बितरण प्रणालीलाई नियन्त्रण र अनुगमन गर्ने आधिकारिक संस्था सँग सहकार्य गरेर काम गर्नका लागि छलफल गरेकाछन ।

अन्तर्कृयाको पहिलो चरणको कार्यक्रम ब्रसेल्स मिलन केन्द्रका अध्यक्ष भिम सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागि र अतिथिहरुलाई संस्थाका उपाध्यक्ष शिब रेग्मीले स्वागत  गर्नु भएको थियो।

स्वागत कार्यक्रम पश्चात तत्काल नै त्यहि दिन दिबंगत हुनु भएका ब्रसेल्स बासी सुदिप अधिकारी प्रति एक मिनेट मौन धारण गरि दोस्रो चरणको कार्यक्रममा प्रवेश गरिएको थियो।

कार्यक्रममा ब्रसेल्स क्षेत्रमा ब्यवसाय गर्ने व्यवसायीहरु र बिभिन्न संघ-संस्थाका पदाधिकारीहरु लगायत त्यस क्षेत्रमा व्यवसाय गर्न चाहने ब्यक्तिहरु उपस्थित रहनु भएको थियो।

कार्यक्रममा नेपाली व्यवसायी संघ बेनेलुक्सका सदस्य सचिव, निबर्तमान महासचिव एंव आमन्त्रित सदस्य मदन दवाडीले पहिला गरिएका र बेनेलुक्सको कन्सेप्टको बारेमा भिजुवल सहितको सामाग्री प्रस्तुत गरेर कार्यक्रमको अबधारणाका बारेमा बताउनु भएको थियो। त्यसै गरि अहिले भईरहेका र आउने कार्ययोजना बारे संस्थाका अध्यक्ष चिरन कुमार खवासले जानकारी गराउनु भएको थियो।

आँउदो में २५ शनिवारका दिन लुभेनमा हुने ‘फुड फेस्टिभल’ संम्बन्धि विस्तृत जानकारी फेस्टिभलका संयोजक तथा संस्थाका उपाध्यक्ष काशी दनैले गराउनु भएको थियो। संस्थाका सचिव तथा फुड हाईजेनिक तालीमका संयोजक बाबुराम शर्माले FAVV संग भएको बैठक र उनिहरुको सहकार्यमा आँउदो फेब्रुवरि १९ सोमबारका दिन लुभेनमा तालिम दिईने र त्यसबारे छिट्टै विस्तृतमा सुचना निकालिने जानकारी गराउनु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि एनआरएनए आइसिसी सदस्य भिम सुबेदीले यस्ता कार्यक्रम गर्नले व्यवसाय गरेका तथा गर्न खोजेका सबैलाई टेवा सहयोग पुग्ने जानकारी दिदै व्यवसायी संघ लाई धन्यबाद ज्ञापन गर्नु भएको थियो।

कार्यक्रमको अन्तिम तिर गरिएको प्रश्नोत्तर एबम अन्तरकृयामा बिभिन्न व्यवसायी तथा ईच्छुक ब्यक्तिहरुले आ-आफ्नो धारणा सहित आफुहरुले भोग्नु परेका समस्याहरु राख्नु भएको थियो। कार्यक्रममा राखिएका जिज्ञाशाका जवाफ र समाधानका बाटाहरु बारे जानकारी दिदै, सहभागिहरु र शाहअजिकरण गरेको संस्था नेपाल ब्रसेल्स मिलन केन्द्रलाई धन्यबाद ज्ञापन गर्दै नेपाली ब्यबसायी संघका अध्यक्ष चिरन कुमार खवासले कार्यक्रम समापन गर्नुभएको थियो।कार्यक्रम संचालन संस्थाका महासचिव जगदिश सापकोटाले गर्नु भएको थियो।

यस अघि संघले ओस्टेन्ड क्षेत्रका ब्यबसायिहरु सँग यस्तै प्रकृतिको अन्तर्कृया सम्पन्न गरिसकेकोछ, अन्य शहरहरुमा पनि क्रमश स्थानीय नेपाली ब्यबसायीहरु सँग अनुभब आदान प्रदान गर्ने यस खाले कार्यक्रम आयोजना गरिने संघले जनाएकोछ ।

Leave A Reply

Your email address will not be published.