बेल्जियममा माघे संक्रान्ति पर्ब सांस्कृतिक कार्यक्रम सहित सम्पन्न

0

बेल्जियममा माघे संक्रान्ति पर्ब उल्लासमय तरिकाले बिभिन्न सांस्कृतिक एबम मनोरन्जनका कार्यक्रम गरेर मनाइएको छ । आईतवार साझ विश्व मगर संघ बेल्जियमले एक सांस्कृतिक समारोहको आयोजना गरि बेल्जियम उक्त चांड मनाएको हो । बेल्जियमको एन्तवेरपेन शहरमा आयोजना गरिएको कार्यक्रममा पित्री पूजा, चेली सम्मान, धनु हान्ने खेल लगायत सांस्कृतिक र परम्परागत रिती रिवाजको प्रदर्शन गरिएको थियो ।

तरुल, सेल रोटी लगायतका माघे संक्रान्तिमा खाइने परीकारहरुले उपस्थित पाहुनाहरुलाई स्वागत गरिएको थियो । अतिथिहरुलाई मगरहरुले शीरमा लगाउने पगडी लगाइदिएर सम्मान गरिएको थियो । परम्परागत पोशाकमा सजिएका मगर चेलीहरु र दाजुभाइहरुले भरिभराउ कार्यक्रम स्थल गज्जबको आकर्षक देखिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी बेनेलक्सका लागि महामहिम राजदुत गेहेन्द्र राजभन्डारी,बिशेष अतिथी एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा लगायत संस्थाका संस्थापक र अग्रजहरुले पानसमा बत्ती बालेर उद्घाटन् गर्नु भएको कार्यक्रममा जनजातीय र सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले माघेसंक्रान्तिको शुभकामना दिनु भएको थियो ।

तमु समाजका अध्यक्ष होम गुरुङ, ठकुरी समाजका अध्यक्ष सुजन मल्ल, संयुक्त किरात समाजका अध्यक्ष कबिता साउदेन, किरात चुम्लुङका अध्यक्ष बदन योङ्हाङ, सेर्पा समाजका अध्यक्ष पिडी शेर्पा, पासा पुचकामहासचिब सुर्यनारायण श्रेष्ठ, तमाङ समाजका अध्यक्ष अनीता लामा, प्रबासी नेपाली मंच बेल्जियमका अध्यक्ष चन्द्र कुमारी गुरुङ, जन प्रगतिशिल मंचका उपाध्यक्ष मनिषा गुरुङ , तमु धिं बेल्जियम अध्यक्ष संगिता गुरुङ,  नेपाली जन प्रगतिशिल मोर्चाका अध्यक्ष मेख गुरुङ , नेपाली जन संपर्क समितिका उपाध्यक्ष बिराट जोशी, मगर संघ बेलायतका सांस्कृतिक कोर्डिनेटर सरु मगर लागयतले माघे संक्रान्ति पर्बको शुभकामना दिनु भएको थियो ।

त्यसै गरि प्रमुख अतिथी राजदुत राजभन्डारी , एनआरएनए अध्यक्ष सीता सापकोटा, आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष बीरमान घर्ती मगरले पनि माघे संक्रान्तिको शुभकामना दिनु भएको थियो ।

औपचारिक कार्यक्रम पछि मगर चेलीहरुको आकर्षक न्रित्य, कौडा नाच र बेलायत र डेनमार्कबाट आएका कलाकारहरुको न्रित्य प्रस्तुतिका साथै गायिकाहरु तारा रजान मगर, पानु रोका मगर, गायक जगिन जुग्जाली मगरको गीतमा दर्शक मजाले नाचेका थिए ।

विश्व मगर संघ बेल्जियमका अध्यक्ष एबम कार्यक्रमका सभापति लोक रानाले उपस्थित अतिथिहरु लगायत कार्यक्रम आयोजना गर्न सहयोग गर्ने सहयोगि र प्रायोजकहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि सांकृतिक अभियानमा हातेमालो गरेर काम गरौ भन्नु भएको थियो । तोयना आले मगरले अतिथिहरुको स्वागत गर्नु भएको थियो ।

कार्यक्रमको संचालन प्रदीप थापा मगर र सुशिला रोका मगरले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.