एनआरएनएको प्रबक्तामा नारायण सुबेदी,

0

गैर आबासीय नेपाली संघको प्रबक्तामा जापान निवासि नारायण सुबेदीलाई मनोनित गरिएकोछ । जनवरी एक तारिख सोमबार बसेको एनआरएनएको आईसिसी बैठकको निर्णय अनुसार संघका अध्यक्ष आरके शर्माले सुबेदीलाई प्रबक्तामा नियुक्त गर्नु भएको हो । गैर आबासीय नेपाली संघको सहकोषाध्यक्ष लगायतका पदमा बसेर काम गरी सकेका सुबेदी डायसपोराको सामाजिक गतिबिधिमा सकृय रहेकाछन ।

एनआरएनएका निबर्तमान अध्यक्ष द्वय कुल आचार्य र रबिना थापा एबम निबर्तमान उपाध्यक्ष महेश श्रेष्ठ सम्मिलित आजको बैठकले सामाजिक सुरक्षा कोष र एनआरएन नागरिकताको कार्यान्वयनमा भएको समस्या तत्काल समाधानका लागि नेपाल सरकार सँग बार्ता गर्न निबर्तमान अध्यक्ष आचार्य, उपाध्यक्ष श्रेष्ठ र अध्यक्ष शर्मालाई यसै हप्ता नेपाल पठाउने निर्णय गरेकोछ ।

गत अक्टोबरमा भएको अनलाइन निर्वाचनलाई एउटा समुहले कब्जा गरेर निर्वाचन जितेको दाबी गरेको थियो भने अर्को दुई वटा पक्षले त्यसलाई चुनौती दिई बिरोध गर्दै आएकोछ । अनलाईन निर्वाचनमा धादलि भएको र त्यसमा निष्पक्ष छानबिन गरेर संगठनलाई एकताबद्ध र पारदर्शी बनाउनु पर्ने माग गर्दै आएको आरके शर्मा र महेश श्रेष्ठको समुहले  आफ्ना गतिबिधीहरु बारेमा जानकारी गराउनका लागि सुबेदीलाई प्रबक्ता नियुक्त गरेको बताएकोछ ।

निर्वाचन जितेको दाबी गर्दै नेकपा एमाले सम्बद्ध युबा संघका कार्यकर्ता परिचालन गरेर संघको केन्द्रीय कार्यालय कब्जा गरेको बद्री केसी समुहले केही दिन अघि नेदरल्याण्ड निबासि फणिन्द्र पन्तलाई प्रबक्ता नियुक्त गरिसकेकोछ ।

शर्मा र केसी समुहले परराष्ट्र मन्त्रालयमा आधिकारिक्ताका लागि निबेदन दिए पनि निर्वाचन र महाधिबेशन प्रकृया बिधिसम्मत नभएको भन्दै मन्त्रालयले कुनै समुहलाई पनि मान्यता दिएको छैन । अनलाइन मतदानमा भएको धादलिको नेपाल प्रहरिको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबि) ले छानबिन गरी रहेकोछ ।

Leave A Reply

Your email address will not be published.