“प्रिय छोरी”

0

डल्ली शाह (धर्मिन्द्रा)

तिमी बा आमाको चम्किलो तारा हौ,

जिउने सहारा हौ,

नटुट्नू तिमी अरुका लागि, नजल्नू जिउँदै अरुका लागि,

जिन्दगीका कठिन मोड पछि सहज मार्गहरू हुनेछन,

अत्यासलाग्दो अन्धकारपछि नयाँ बिहानीका किरणहरू हुनेछन,

समाजले लगाएको आग्लोले कैद गरिएका हे छोरीहरू हो !

परिबन्दको पिंजडामा पनि आशुँ पिएर मुस्कुराई रहेका छोरीहरु हो,

आग्लो फुत्काएर बाहिर निस्कने आँट गर्नुपर्छ,

पिंजडा चुँडाएर पंक्षी झैं उड्ने हिम्मत गर्नुपर्छ ,

जिन्दगी उपहार हो जिन्दगी संसार हो,

तिमी हुँदा पो दृष्टि छ, तिमी छौ र त सृष्टि छ,

सम्बन्ध बन्छन् भत्कन्छन् डोरी गाँसिन्छन चुँडिन्छन

तर जीवन तिम्रा लागि अनमोल छ;

तिम्रा लागि अर्थपूर्ण छ छोरी तिमी लहरा होईन पहरो बन्नु;

हिड्दा हिड्दै छोड्न सक्छन् बाटोमा

तिम्रो साथ कसैले हिड्दा हिड्दै छोड्न सक्छन् अफ्ठेरोमा तिम्रो हात

कसैले तर तिमी पहाड झैं अटल बन्नुपर्छ

धैर्यतामा अनन्त सागर झैं विशाल बन्नुपर्छ

Leave A Reply

Your email address will not be published.