नेपालको बिकासमा साझेदारी गरि रहेका जर्मन गैर सरकारी संस्थाहरुको वार्षिक सम्मेलन सम्पन्न ,

0

नेपालको बिकास र नेपालीहरुको जीबनस्तर उकास्न सहयोग गरी रहेका जर्मन दात्री निकायहरुको वार्षिक सम्मेलन तथा बैठक जर्मनीको कोलनमा सम्पन्न भएकोछ । उक्त बैठकमा लामो समयबाट नेपालको सम्ब्रिद्धीमा साझेदारी गरी रहेका जर्मन एनजियोहरुले बर्तमान अवस्थामा नेपालको आबस्यकता,सामाजिक राजनीतिक अवस्था र नेपाली जनताको चाहनाका बारेमा नीतिगत प्रष्टता र परीयोजना कृयान्वयन सम्बन्धि छलफल बहस गरेकाछन ।

नेपालका लागि स्थापित जर्मन दात्रिसंस्थाहरुको संघ जर्मन नेपाल मैत्री संघका अध्यक्ष एबम जर्मनीका लागि नेपाली महाबाणिज्यदुत राम प्रताप थापाले बैठकमा उपस्थित प्रतिनिधि तथा अतिथिहरुलाई स्वागत गर्दै नेपालमा बिभिन्न समयमा बिभिन्न कारणले आईपर्ने स्थानीय समस्यालाई समाधान गर्न जर्मन गैर सरकारी संस्थाहरुको भूमिका सधैं मह्त्वपूर्ण रहेकोछ भन्नु भयो । थापाले भर्खरै पश्चिम नेपालको जाजरकोट रुकुममा गएको भुकम्प प्रभाबित क्षेत्रको पुनणिर्माणमा सहयोग गर्न चाहन्छौ भन्दै यो सम्मेलन त्यसका लागि सहयोगि सिद्ध हुने विश्वाश ब्यक्त गर्नु भयो ।

जर्मनीका लागि नेपाली राजदुत महामहिम रामकाजी खड्काले बैठकको सफलताको लागि लिखित शुभकामनामा लामो समयबाट जर्मन एनजियोहरुले नेपालको बिकासमा खेलेको सकारात्मक भूमिकाको प्रसंशा गर्दै यसले नेपाल र जर्मनीको जनस्तरको सम्बन्ध बलियो बनाएकोछ भन्नु भयो ।

नेपाल सरकारले बिकासको सझेदारको रुपमा स्विकारेका गैर सरकारी संस्थाहरुमा जर्मन गैर सरकारी संस्थाको काम उदाहरणिय छ भन्नु भयो । राजदुत खड्काले दुई देशको दौत्य सम्बन्ध कायम भए पछि बिभिन्न चरणमा भएका सहयोग लगायत सन २०१५ को महाभुकम्पमा जर्मन संस्थाहरुको सहयोगको स्मरण गर्दै आगामी दिनमा पनि दुई देश बिच मित्रता र सहयोग निरनतर रहने विश्वाश ब्यक्त गर्नु भएकोछ ।

नेपालका लागि जर्मनीका पूर्व राजदुत फ्रेन्क माइकेले नेपालको बिकास र नेपाली जनताको सहयोगका लागि एससीएस ( दक्ष जेष्ठ  जर्मन नागरिकले दिने सेवा) को भूमिका महत्वपूर्ण रहेको र भबिष्यमा पनि निरन्तर होस भनेर संस्थाले काम गरिरहेको बताउनु भयो ।

कार्यक्रममा योग र ध्यान प्रशिक्षक ओम शर्माले स्वस्थ र आनन्दमय जीबनका लागि योग ध्यानको महत्वका बारेमा प्रकाश पार्दै योगाभ्यास र ध्यानको प्रयोग गराउनु भएको थियो ।

स्वास्थ्य सम्बन्धि संस्था नेपालमेडका अध्यक्ष डा आर्ने ड्रेवस नेपालमा स्वास्थ्य क्षेत्रको अबस्था र भैरहेका सहयोगका बारेमा बिश्त्रित विवरण प्रस्तुत गर्दै स्वास्थ्य सम्बन्धि सहयोग निरन्तर गरिने जानकारी गराउनु भएको थियो ।

नेपालको बर्तमान राजिनितिक, सामाजिक अवस्थाका बारेमा प्रकाश पार्दै डा कार्ल हाइन्स क्रेयमरले स्थायित्व र बिकासका लागि अबलम्बन गर्नु पर्ने योजनाहरु प्रस्तुत गर्नु भएको थियो ।

नेपाल हिल्फेका अध्यक्ष स्त्राउस क्रास्टरले दुर्गम र ग्रामीण क्षेत्रमा सिटिभिटी जस्ता संस्थाहरुको स्थापना गरेर नेपालको बिकासमा आबस्यक जनशक्ति तयार गर्नु पर्छ भन्नु भयो ।

संस्थाकी उपाध्यक्ष अल्का खनालले ब्याबसायिक शिक्षाका लागि सिटिभिटी सँगको सहकार्य र अल्पकालिन तालिमका लागि नेपाली युबाहरुलाई जर्मनीमा तालिम दिलाएर नेपालमा सहयोग पुर्‍याइरहेको र उनिहरुले समाजमा दिएको योगदानका बारेमा प्रकाश पार्नु भएको थियो ।

पवन भट्टराईले पष्चिम नेपालमा गएको भुकम्पको असर बारे बिस्त्रित विवरण दिदै पुनर्निमाणमा आबस्यक सहयोग कसरी गर्न सकिन्छ भन्ने बारे अबधारणा राख्नु भएको थियो ।

नेपालका लागि जर्मनी राजदुताबासका पूर्व उपनियोग प्रमुख नर्बट मायरले कार्यक्रममा प्रस्तुत कार्ययोजना र सुझाबका बारेमा टिप्पणी गर्दै आगामी दिन त्यसका आधारमा नेपालमा काम हुने विश्वाश ब्यक्त गर्नु भयो ।

एससीयसकी नेपालका लागि प्रतिनिधि विलरिके प्युत्सले नेपाललाई आबस्यक ज्ञान र सीप हस्तान्तरण गर्न एससीएसको सहयोग निरन्तर जारी रहनेछ भन्नु भयो ।

नेपालको बिकासमा जर्मन आईएनजियोको सहयोग बारेमा अबधारणा पत्र पस्तुत गर्दै प्रोफेसर डा बीयत्रिस कनरले गैर सरकारी संस्थाको सहयोगमा पारदर्शिता  र नेपालको राजनीतिक सामाजिक अवस्था निर्णयक हुने हुँदा स्थानीय नागरिक सङ्गको सहकार्यमा आबस्यक परीयोजना बनाएर काम गर्नु उपयुक्त हुने सुझाब दिनु भयो । उहाले धर्म प्रचार, बालबालिकाहरुको शोषन गर्ने अभिप्रायका ब्यक्ती र संस्थाबाट नेपाल सचेत हुन आबस्यक छ भन्नु भयो ।

सन १९६७ मा स्थापना भएको युरोपकै पुरानो संस्था जर्मन नेपाल मैत्री संघले सन १९९६ बाट नेपालको बिकासका लागि काम गरी रहेका जर्मन गैर सरकारी संस्थाहरुको वार्षिक बैठक गरेर प्रगति विवरण , आगामी कार्ययोजना र सहकार्यका लागि छलफल र बहस गर्ने गरेका छन ।

बर्तमानमा यसको नेत्रित्व गैर अबासीय नेपाली संघका संस्थापक उपाध्यक्ष एबम जर्मनीका लागि नेपाली महाबाणिज्यदुत राम प्रताप थापाले गर्नु भएकोछ ।

अल्का खनालले सहजिकरण गर्नु भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष थापाले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.