नेपाली जनसंपर्क समिति बेल्जियमको सभापतिमा सुभाश गुरुङ्ग

0

नेपाली काङ्रेसको प्रबासी संगठन नेपाली जन संपर्क समिति बेल्जियमको सभापतिमा आगामी दुई बर्षका लागि सुबाश गुरुङ चयन् भएकाछन । नेपाली जनसंपर्क समिति बेल्जियमको सन २०२१ को अक्टुबर २९ तारिख सम्पन्न पाँचौं अधिवेशनमा सभापतिका प्रत्यासीहरु पूर्ण तिमील्सिना र सुबाश गुरुङ बीच कार्यकाल बाँडफाँड गर्ने सहमति भए अनुसार पहिलो दुई वर्ष पूर्ण तिमिल्सिनाले समितिको सभापतिको जिम्मेवारी बहन गरेका थिए।

सोही सहमति अनुसार सोमवार सम्पन्न समितिको सातौँ साधारण सभाका अबसरमा बाँकी कार्यकाल गुरुङले सभापतिको जिम्मेवारी बहन गर्नेगरी कार्यभार हस्तान्तरण गरिएको हो । संगठनको पाँचौं अधिवेशनका लागि नेपाली काङ्रेसले जिम्मेवारि दिएका केन्द्रीय प्रतिनिधि नारायण आचार्यले गुरुङलाई पदभार ग्रहण गराउँदै प्रमाणपत्र प्रदान गरेका थिए।

कार्य समितिका अन्य पदाधिकारी र सदस्यहरु भने पाचौ अधिबेशन चयन गरेका कायम राखेर सभापतिको मात्र पद हस्तान्तरण गरिएको हो।

कार्यभार ग्रहण गरेपछि सभापति गुरुङले समितिको विधान र संगठनको सामुहिक भावना अनुसार अग्रजहरु र कार्यसमितिका अन्य पदाधिकारी सबैसंग समन्वय गरेर सांगठनिक हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन। साथै बेल्जियमको नेपाली समुदायलाई एकताबद्ध बनाउन पनि आफु सधैं कृयाशिल रहने उनले बाचा गरेकाछन ।

बिगत दुई दशकदेखि सपरिवार बेल्जियममा बस्दै आएका गुरुङले नेपाली जनसंपर्क समितिको बिभिन्न पदमा रहेर काम गर्दै सभापतिको जिम्मेवारि सम्हालेकाछन ।

साधारण सभामा उपस्थित कार्यक्रमका प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, बिशिष्ट अतिथि एनआरएनए अध्यक्ष सीता सापकोटा , केन्द्रीय प्रतिनिधि नारायण आचार्य , जसस नेदरल्यान्डका सभापति शालिक गौतम; एनआरएनए आइसिसी आरके शर्मा समुहका उपाध्यक्ष एबम संस्थाका पूर्व सभापति गंगाधर गौतम, पूर्व सभापति सुबाश जोशी, संस्थापक सभापति ध्रुब पौडेल, बरिष्ठ नेता उल्का घिमिरे, नेपाली प्रबाशी मंचका बिनोद न्यौपाने, जन प्रगतिशिल मंचका गंगा शर्मा लगायत बेल्जियम स्थित संघ संस्थाका अध्यक्ष एबम प्रतिनिधिहरुले साधारण सभाको सफलताका साथै नबनिर्बाचित अध्यक्ष सुबाश गुरुङलाई बधाई एबम शुभकामना दिएका थिए ।

जसस बेल्जियमका सभापति पूर्ण तिमील्सिनाको सभापतित्वमा भएको कार्यक्रमको संचालन महामन्त्री प्रकाशराज गिरीले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.