डिसेम्बर २ तारिख जयनेपाल इन्टरनेशनल फाउन्डेसनको भूकम्प सम्बन्धी भर्चुअल सेमिनार हुने

0

अमेरिका, २७ नोभेम्बर । जय नेपाल इन्टरनेशनल फाउन्डेसनले भुकम्प सँग बाच्ने तरिकाका बारेमा एक भर्चुयल सेमिनार आयोजना गरेकोछ । डिसेम्बर २, २०२३ (मङ्सिर १७ , २०८०) को नेपाली समय अनुसार बिहान ०९:०० बजे “लिबिंग विथ भूकम्प” नामक भर्चुअल सेमिनार हुने संस्थाले जनाएकोछ । भूकम्प सम्बन्धी सचेतना जगाउने उद्देश्यले संस्थाले कार्यक्रम गर्न लागेको संस्थाका अध्यक्ष डा. यादव पण्डितले बताउनु भएको छ ।

एक दिन चल्ने सेमिनारमा बिज्ञहरु डा. सुबोध ढकाल, डा. केशव शर्मा, डा. शिवा सुबेदी , डा. सतिश मानन्धरले भुकम्पबाट प्रभाबित जीबनलाई सहज बनाउने उपायका बारेमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । सेमिनारमा पेनालिस्टको रूपमा कर्णाली प्रदेशका मन्त्री वेद राज सिंह, डा. राजु अधिकारी, मोती बहादुर कुँवर, डा. मन्दिप सुबेदी, डा. राजेन्द्र श्रेष्ठ र जय नेपाल इन्टरनेशनल फाउनडेशनका अध्यक्ष डा. यादव पण्डित रहनु भएको छ। कार्यक्रमको सञ्चालन डा. नीरज श्रेष्ठले गर्नु हुनेछ ।

जाजरकोट रुकुम लगायतका जिल्लामा हालै गएको भुकम्पमा पारी ठुलो जनधनको क्षति भएको र नेपालको भुबनोट अनुसार भुकम्पको त्रास सधैं रहने हुनाले जनचेतना फैलाउन र भुकम्प प्रतिरोधक ब्यबस्थाका लागि निती नियम बनाउन सुझाब दिने उद्यस्यले कार्यक्रमको आयोजना गरिएकोहो ।

जुम मार्फत सञ्चालन हुने सेमिनारमा सहभागी हुनको लागि तल उल्लेखित मिटिङ आई डी प्रयोग गर्न संस्थाले अनुरोध गरेकोछ

Leave A Reply

Your email address will not be published.