नेपाल र युरोपेली देश रोमानियाबीच श्रम सम्झौता

0

नेपाल र युरोपेली देश रोमानियाबीच श्रम सम्झौता भएको छ । आज शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी र मकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबीच श्रम सम्झौतामा हस्ताक्षर भएको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

श्रम सम्झौता हस्ताक्षर समारोहमा श्रम मन्त्री भण्डारीले नेपाली श्रमिकसँग सरोकारका विषयहरू र द्विपक्षीय श्रम समझदारीका आवश्यकता र प्रभावका बारेमा आफ्नो धारण राख्नुभयो भने रोमानियाले नेपाली श्रमिकको हक, हित र सुरक्षा कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उलेख्य सङ्ख्यामा नेपाली श्रमिकको माग रहेको र पारदर्शी रूपमा कामदारको छनौट तथा छोटो अवधिमा कामदार ल्याने प्रक्रियामा समन्वय र सहकार्य गर्ने बताएको छ ।

युरोपेली देश रोमानियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको झण्डै ५५ वर्ष भइसकेको छ । नेपाली श्रमिकहरूका लागि रोमानिया आकर्षित र सुरक्षित श्रम गन्तव्यको रूपमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.