नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

0

काठमाडौं \ स्वर्गीय संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले नेम्वाङको पार्थिव शरीर भोलि बुधबार दिउँसो १ बजेसम्म च्लासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने जानकारी दिनुभयो ।

त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिने र उहाँका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

सरकारले उहाँको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.