सुवास नेम्वाङको दृढताका कारण संविधान सभाबाट संविधान बन्यो : गगन थापा

0

काठमाडौं \ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान सभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको दृढताका कारण दोस्रो संविधान सभाबाट संविधान बनेको बताउनुभएको छ ।

मंगलवार दिवंगत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरी सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले संविधान सभा अध्यक्ष नेम्वाङको संविधान बनाउने दृढताको कारण नै संविधान सभाबाट संविधान बन्न सकेको बताउनुभएको हो । उहाँले नेम्वाङले त्यस बेलाको वाह्य दबाबलाई थेग्दै संविधान जारी गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको बताउनु भयो ।

नेम्वाङ समन्वयकारी व्यक्ति भएको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले ०६२/०६३ को आन्दोलनपछि नेम्वाङले राजनीतिक दलका नेताहरुसँग सम्वाद गरेर काम गरेको र उहाँ साझा व्यक्तिको रुपमा स्थापित भएको बताउनु भयो ।  महामन्त्री थापाले नेम्वाङले आफूलाई संसदमा कमी, कमजोरी हटाउन सिकाउने गरेको पनि बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.