भारतीय काङ्रेसका नेता राहुल गांधी बेल्जियममा

0

भारतीय काङ्रेसका नेता राहुल गांधी युरोपको भ्रमणमा बेल्जियममा आईपुगेकाछन । युरोपियन युनियनको निमन्त्रणामा ब्रसेल्स आएका गान्धीले युरोपियन पारलियामेन्टका केही सांसदहरु सँग बिशेष भेटघाट गरेका छन भने ब्रसेल्स प्रेस क्लबमा अन्तरराष्ट्रिय संचारमाध्यममा कार्यरत पत्रकारहरु सँग अन्तर्कृया गरेकाछन ।

पत्रकारहरुले सोधेका भारतको आन्तरिक राजनीति र युरोप सँगको सम्बन्ध लगायत बर्तमानका जल्दाबल्दा समस्याहरुका बारेमा जबाफ दिदै भारतमा प्रजातान्त्रिक संस्थाहरु कमजोर बनाउन मोदी सरकारले चालेका बिभिन्न तानाशाही कदम, रुस युक्रेन युद्ध र युरोपियन युनियनका नीतिका बारेमा आफ्नो र भारतीय काङ्रेस पार्टिको धारणा प्रष्ट  पारे ।

गान्धीले भारतमा हुँदै गरेको जि २० देशहरुको सम्मेलनमा भारतीय काङ्रेस पार्टिका अध्यक्ष मल्लिकार्जुन खड्केलाई निमन्त्रणा नगरेकोमा बिरोध जनाए । प्रमुख बिपक्षी दलको नेतालाई देशमा आयोजित सम्मेलनमा निशेध गरिनु लोकतान्त्रिक मुल्य बिपरित पूर्वiग्रही सोच हो  , त्यसै गरी मोदी सरकारले लोकतान्त्रिक संरचनाहरुलाई पङु बनाउने र धार्मिक भाबनामा खेलेर भारतीय समाजलाई बिभाजन गर्ने निरन्तर प्रयास गरीरहेको बताए ।

चीन उत्पादनमा अग्रणी भए पनि त्यहा श्रमको शोषण र अधिनायकबादी ब्यबस्था मार्फत जन अधिकारलाई कुल्चिने काम भएको बताए ।

महङ्गाई र बेरोजगारीको समस्याबाट ध्यान हटाउन धार्मिक एजेन्डा उचाल्ने काम भैरहेको पनि उनले पत्रकारहरुलाई बताए । सरकारी सन्यन्त्र दुरुपयोग गरेर आदिबासी,दलित र अल्पशंख्यक समुदायमा हमला भै रहेको, सम्बैधानिक अङ्गले पनि उचित समाधान दिन नसकेकोले भारतीय लोकतन्त्र कमजोर बन्दै गएको गान्धीले बताए । उनले आजको भारतमा माहत्मा गांधी र नाथुराम गोड्से बिचारधाराको संघर्ष भैरहेको र अन्तिममा सत्यको बिजय हुने पनि घोषणा गरे ।

Leave A Reply

Your email address will not be published.