एनआरएनए एनसीसीहरुमा नब निर्बाचित पदाधिकारीहरुलाई अन्तरराष्ट्रिय पर्बत समाजको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न, संस्थाको चौथो अधिबेशन अक्टोबर चौध तारिख हुने,

0

अन्तरराष्ट्रिय पर्बत समाजले बिभिन्न देशबाट एनआरएनए एनसिसीमा नबनिर्बाचित पदाधिकारीहरुलाई बधाई दिदै सम्मान गरेकोछ । साथै सोही अबसरमा अन्तरराष्ट्रिय पर्बत समाजको चौथो अधिबेशन आउदो अक्टोबर चौध तारिख पर्बतको जलजलामा हुने भएको जानकारी दिइएको थियो ।  संसारका बिभिन्न देशमा बसोबास गर्ने पर्बतेलीहरु संगै एनआरएनएका नेताहरु र राजनितिक र सामाजिक क्षेत्रका बिशिष्ट ब्यक्तिहरुको अधिबेशनमा सहभागिता रहनेछ । अधिबेशनको ब्यबस्थापनका लागि कामहरु द्रुतगतिमा भैरहेका छन ।

गत साता भएको एनआरएनए पदाधिकारीहरुलाई बधाई एबम सम्मान गर्ने कार्यक्रममा अधिबेशनको तयारी र एनआरएन अभियानको आगामी कदमका बारेमा बहस र छलफल भएको थियो । बिभिन्न देशबाट भर्च्युअल जोडीनु भएका पर्बतेली एनआरएनएका पदाधिकारिहरुलाई एनआरएनए का केन्द्रीय अध्यक्ष कुल आचार्य र उपाध्यक्ष महेश श्रेष्ठले सफलताको शुभकामना र बधाई दिनु भएको थियो ।

अध्यक्ष आचार्यले मातृभूमीका लागि आबस्यक सहयोग गर्ने र सदभाबना फैलाउने प्लेटफार्म एनआरएनए हो भन्दै यस संस्था मार्फत आफ्नो ज्ञान र सीप देशका लागि लागनी गर्न आग्रह गर्नु भयो । उँहाले प्रबासका नेपालीको हरेक सुख दु:खमा सहयोगि बन्न पनि एनआरएनएका पदाधिकारीहरुलाई सुझाब दिनु भयो ।

एनआरएनएका उपाध्यक्ष एबम अध्यक्ष पदका उम्मेद्वार महेश श्रेष्ठले देशको सम्ब्रिद्धिका लागि साझेदारी गर्नु पर्ने महत्वपूर्ण क्षणमा संस्था भित्रको किचलोले नकारात्मक शन्देश दिएको र संस्थाको गरिमामा माथि छाती पुगेको अवस्थामा एनसीसीको नेत्रित्व गरेका साथीहरुले सकृय भएर एनआरएनएको मर्म अनुसार काम गर्न अनुरोध गर्नु भयो । इमान्दार भएर संस्थाको काम गरेमा सबै प्र्बासी नेपाली र नेपाल सरकारको सहयोग हुने भएकोले संगठनका हरेक गतिबिधी पारदर्शी बनाउन र सहभागितामुलक अभियान चलाऊन पनि उहाले सुझाब दिनु भयो ।

अन्तरराष्ट्रिय पर्बत समाजका प्रमुख संरक्षक पुरन गिरिले पर्बत र समग्र देशलाई आपत पर्दा सहयोग पर्बत् समाजले सहयोग गर्ने गरेको र त्यसलाई अझ फराकिलो बनाएर अबका कार्ययोजना बनाउने र त्यसका लागि मिलेर काम गर्न एनआरएनएलाई अनुरोध गर्नु भयो ।

अन्तररास्ट्रिय पर्बत समाजका अध्यक्ष झलक केसिको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन प्रबक्ता कमल लामिछानेले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.