आम जनता पार्टिका अध्यक्ष प्रभु शाहको बिदेशमा बस्ने नेपालीहरु प्रति आपत्तिजनक टिप्पणी, ( भिडियो सहित )

0

आम जनता पार्टिका अध्यक्ष एबम स्वतन्त्र सांसद प्रभु शाहले बिदेशमा बस्ने नेपालीहरु प्रति आपत्तिजनक टिप्पणी गरेकाछन । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रहेको सम्पति जफत गर्न माग गरेका हुन ।

शाहले बिदेश पलायन भएका नेपाली भगौडा र दालाल भएको आरोप लगाएकाछन । उनले भनेका छन करिब दश लाख नेपालीले बिदेशी नागरिकअता लिएको र उनिहरुले नेपालको सम्पत्ति बेचेर बिदेश लग्ने गरेकोले त्यसलाई कानु बनाएर रोक्नु पर्ने बताएकाछन ।

एनआरएनए लाई लक्षित गर्दै नेपालको सम्पत्ति बिदेश लान सरकार सँग लबिङ गरेको आरोप लगाएकाछन ।

सांसद शाहले देश बिकास नहुनुमा बिदेश पलायनलाई कारण मान्दै देशको सम्ब्रिद्धिका लागि बिदेश बस्ने नेपालीको सम्पत्ति जपथ गर्न माग गरेकाछन ।

उनको माग नेपालको संबिधान बिपरित र प्रबासका नेपालीको स्वाभिमान माथिको आक्रमण भएको भन्दै गैर आबासीय नेपालीहरुले प्रतिकृया जनाएकाछन । केही बर्ष अघि मदेशबाटै प्रतिनिधित्व गर्ने सांसद एबम नेकपा एमालेका नेता लालबाबु राउत ले एनआरएनहरु प्रति यस्तै टिप्पणी गरेका थिए , जसको ब्यापक बिरोध भएको थियो ।

Leave A Reply

Your email address will not be published.