एनआरएनए बेल्जियमको ईमेल बिबाद- संस्थागत कर्तब्यमा गरिएको लापर्बाही,

0

गैर आबासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको बर्तमान कार्यसमितिको निर्वाचनमा अध्यक्ष बाहेकका पदहरु निर्बिरोध निर्बाचित भए । अध्यक्षमा सीता सापकोटा र तिर्थ धमला बिच पर्तिस्पर्धा भयो र सापकोटा निर्बाचित हुनु भयो । २०२१ को चुनावमा सदस्यता बितरणबाट सिर्जित अशन्तुष्टि मतदानको दिन मटेपटिका तोडफोड सम्म पुगेर बेल्जियमको नेपाली समुदायनै बदनाम भएकोले यस पटक सहमतिमा नेत्रित्व चयन गर्न आम जनमानसको चाहना बमोजिम समुदायका अगुवाहरुले भर मग्दुर प्रयास गरे र सफलता पनि पाए ।

केही स्याल हुइयामा दौडनेहरु र तमाशामा रमाउनेहरु बाहेक समग्रमा बेल्जियमको नेपाली समुदाय खुशीनै छन । नबनिर्बाचित कार्यसमितिका मुख्य दुई पद अध्यक्ष र महासचिबमा महिलाहरु हुनुहुन्छ, र अन्य पदहरुमा पनि युबा र महिलाहरुको उल्लेख्य उपस्थिति छ ।

तर निर्वाचन सकिएको करीब दुई महिनामा नबनिर्बाचित पदाधिकारीहरुले संस्थाले अख्तियार गरेको काम कर्तब्य र अधिकारको सीमा नबुझेर हुँदै नहुने बिषयमा पनि बिबाद देखिन थालेकोछ । बैठकमा उपस्थित पदाधिकारीहरुका अनुसार कार्यसमितिको बैठक संचालन, निर्णय लिपिबद्ध गर्ने र निर्णय सार्वजनिक गर्ने बिधानले निर्देशित गरेका कुराहरुमा पनि फरक मत देखिने गरकोले विश्वाशको बातावरण बन्न सकेको छैन ।

आज बुधवार बिहान अध्यक्ष सीता सापकोटाले सामाजिक सन्जालमा बेल्जियममा सकृय संघ संस्थालाई सम्बोधन गरेर एनआरएनए बेल्जियमको ईमेल ठेगाना परिवर्तन भएको जानकारी गराउनु भएको थियो । त्यसको केही घण्टा पछि महासचिब रुबिना शर्माले संस्थाको ईमेल पुरानै रहेको र सोही ईमेलमा पत्राचार गर्न अनुरोध गर्दै संजालमा सुचना दिए पछि सबैले बिष्मयको चासो राख्दै  स्तब्ध भएको बताएकाछन ।

२०१५-१७ को कार्यकालका अध्यक्ष गंगाधर गौतमको पालामा बनेको ईमेल लोक दाहाल, चित्र सुबेदी र खड्क केसीको कार्यकाल सम्म प्रकृयागत रुपमा हस्तान्तरण हुँदै आएको थियो । ईमेलमा अध्यक्ष महासचिब र कुनै बेला उपाध्यक्षहरु सम्मको पहुच थियो । यस अगाडि अध्यक्ष खड्क केसी, महासचिब रमेश कंडेल र सचिबहरुको ईमेलमा एक्सेस थियो । आफ्नो कार्यकालमा अध्यक्ष सहित महासचिब तिर्थ धमला र उपाध्यक्ष खड्क केसीलाई ईमेलमा एक्सेस भएको पूर्व अध्यक्ष चित्र सुबेदीले बताउनु भएकोछ ।

जुलाई महिनामा नयाँ कार्यसमिति बने पछि संस्थाको नाममा भएका सबै सरसमान र विवरण हस्तान्तरण निबर्तमान समितिले गरि सकेकोछ । ईमेलको पासवर्ड नयाँ महासचिब रुबिना शर्मालाई दिए पछि उनले ईमेलको पासवर्ड परिवर्तन गरेको देखिन्छ । त्यस पछि फेरी सापकोटाले निबर्तमान अध्यक्ष खड्क केसीलाई इमेलको पासवर्ड उपलब्ध गराइदिन ईमेल फार्मत अनुरोध गरेको र आफुले महासचिबलाई पासवर्ड दिईसकेको बताएको केसी बताउनु हुन्छ ।

त्यस पछि महासचिबलाई मौखिक, मेसेज र ईमेल लेखेर ईमेलमा एक्सेस मागेको तर महासचिबले नदिएको सापकोटा बताउनुहुन्छ । अध्यक्षको विश्वाश नलागेर आफुले ईमेलको पासवर्ड परिवर्तन गरेको महासचिब रुबिना शर्माको भनाईछ । संस्थाका लागि आएका ईमेल अद्यक्षलाई ब्यक्तिगत ईमेलमा फरवार्ड गर्ने गरेको  शर्माको भनाइ छ भने अध्यक्षलाई नै ईमेलमा एक्सेस नदिए पछि वाध्य भएर नयाँ ईमेल बनाएको अध्यक्ष सापकोटा बताउनु हुन्छ ।

बिधान र पद्धति अनि कर्तब्य र अधिकारको बारेमा एनआरएनएका पदाधिकारीहरु सचेत भएर ईमेलको पासवर्ड परिवर्तन लगायतका बिषयबाट सिर्जित समस्या समाधान गरेर संस्था चलाऊनु पर्ने जानकारहरुले सुझाब दिएकाछन । समग्रमा अध्यक्ष र महासचिबले एकअर्कालाई विश्वाश गर्नु पर्ने र बिधानले तोकी दिएका सीमा भित्र रहेर संगठनका गतिबिधी गर्नु पर्ने देखिन्छ ।

Leave A Reply

Your email address will not be published.