नेपाली काङ्रेसका सहमहामन्त्रि महेन्द्र यादब माथि खुकुरी प्रहार

0

नेपाली काङ्रेसका सहमहामन्त्रि महेन्द्र यादब माथि खुकुरी प्रहार भएकोछ ।

रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो ।

न्युज एजेन्सी नेपालका अनुसार यादव कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका आफुलाई सामाजिक अभियान्ता बताउने श्याम सापकोटाले आक्रमण गरेका थिए ।

सहमहामन्त्री यादवलाई अहिले ट्रमा सेन्टरमा लगिएको छ । रिपोर्टर्स क्लवको कार्यक्रम सकेर बाहिरिने क्रममा एक व्यक्तिले खुकुरी प्रहार गरेको क्लबका सचिव ईश्वर कार्कीले जानकारी दिए । यादबको अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले बताएकाछन ।

सापकोटा यादबले सम्बोधन गर्दा श्रोताको रुप मा उपस्थित थिए , आक्रमणको कारण अझै खुलेको छैन ।

 

Leave A Reply

Your email address will not be published.