राष्ट्रिय स्वतन्त्र पार्टिको बेल्जियम इकाई गठन, संयोजकमा कृष्ण दाहाल,

0

राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको प्रबास बिभाग अन्तर्गतको बैदेशिक शाखा ‘स्वतन्त्र प्रबासी संपर्क मंच बेल्जियम’ गठन भएकोछ । आज आयोजित भर्च्यल र भौतिक रुपमा सम्पन्न भेलाले कृष्ण दाहालको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिती र ५ सदस्यीय सल्लाहकार समिती गठन गरिएकोछ ।

स्वतन्त्र प्रबासी संपर्क मंच बेल्जियमको तदर्थ समितिको संयोजकमा कृष्ण दाहाल, उप-संयोजक:  रमेश कंडेल, सचिब:  डा. गोकर्ण पाण्डेय, सदस्य एबम केन्द्र सम्पर्क प्रतिनिधिमा  याम निरौला, सदस्यहरुमा सुनिता गुरुङ्ग, घनश्याम काफ्ले, अर्जुन घिमिरे , दिपक न्यौपाने, सुन्दर पौडेल, हरि रोका र कृष्ण छेत्री चयन हुनु भएकोछ ।

त्यसै गरि सलाहकारहरुमा  ब्रम्हदत्त वाग्ले, प्रकाश कार्की, डिल्लीराम भण्डारी,अर्जुन दाहाल र माधब सापकोटा चयन हुनुभएकोछ ।

राष्ट्रिय स्वतन्त्र पार्टिका उपाध्यक्ष एबम प्रबाश बिभाग प्रमुख डोल प्रशाद अर्याल, र पार्टी केन्द्रीय सदस्य एबम युरोप इन्चार्ज तोयराज अधिकारीको भर्च्युअल बिशेष उपस्थितिमा भएको भेलाको अध्यक्षता भेला तयारी समितिका संयोजक कृष्ण दाहालले गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण डा गोकर्ण पाण्डेयले गर्नु भएको थियो ।

बेल्जियम संपर्क मंचको स्थापना गर्नु पर्ने आबस्यक्ता औचित्यका बारेमा प्रस्ट पार्दै –  ‘विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनहरू पछि पनि हामीले अपेक्षा गरे अनुसार परिवर्तन र विकास हुन नसकेको र पछिल्लो राजनीतिक परिवर्तन संगै निर्माण भएको नयाँ संबिधानले कल्पना गरेको तथा जनताले अपेक्षा गरे अनुसार शान्ति, सुरक्षा, सुशासन र सम्बृद्दीको सपना साकार बनाउने लक्ष्य लिएर राष्ट्रिय हितलाई सर्वोपरी मानी जनताको जीवनस्तरमा सुधार ल्याउने प्रतिबद्धतासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना भएको हो’ भनिएकोछ ।

त्यसै गरि उक्त पार्टीले लिएको लक्ष्य प्राप्तीका लागि देश बाहिरबाट समेत सहयोग गर्नु हामी सबैको दायित्व सम्झिएर हामी बेल्जियम बासी नेपालीहरु यहाँ बसोवास गर्ने सम्पूर्ण नेपालीहरुको मन जित्ने गरि सामजिक काम गर्ने, रास्वपा भित्र गैर आवासीय नेपालीहरूको आवाजको सुनुवाई हुने सुनिस्चाता गर्ने र समग्रमा देशमा सुशासन र सम्बृद्दी हासिल गर्नमा योगदान गर्ने लक्ष्य सहित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभाग बेल्जियम स्थापना भए अनुसार ४ सेप्टेम्बर २०२३ का दिन बेल्जियमको निनोभ शहरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभाग बेल्जियम भेला तयारी समिति का संयोजक श्री कृष्ण दाहालज्यू को संयोजकत्व, राष्ट्रिय स्वतन्त्र पार्टीका उप-शभापति तथा रास्वपा प्रवास विभाग प्रमुख श्री डोल प्रशाद अर्यालज्यू (डिपी अर्याल), रास्वपा प्रवास विभाग युरोप हेर्ने सदस्य श्री तोयराज अधिकारीज्यू को भर्चुअल उपस्थिती मा र स्वतन्त्र पार्टीको प्रवास विभाग बेल्जियम भेला तयारी समितिका अधिकांश सदस्य हरुको उपस्थितीमा बसेको शौहर्दपूर्ण बैठकले कृष्ण दाहालज्यू को संयोजकत्वमा निम्न लिखित ‘स्वतन्त्र प्रबासी सम्पर्क मंच बेल्जियम’ तदर्श समिति गठन गरेका छौ भनिएकोछ ।

रास्वपा बेल्जियम संपर्क मंच गठनको बारेमा अगाडि भएकोछ – स्वतन्त्र प्रबासी सम्पर्क मंच बेल्जियम परम्परागत राजनीतिक दलहरु भन्दा नितान्त फरक र परिस्कृत ढंगले अघि बढ्ने छ र समुदाय भित्र एकता र सहकार्य बढाउदै विभिन्न सामाजिक गतिविधिहरूमा समर्पित हुनेछ। यो मंच रास्वपाको लागि समर्थन जुटाई मिसन २०८४ लाई अत्यधिक सफल बनाउन लागि पर्ने छ र गैरआवासीय नेपालीले आर्जन गरेको ज्ञान र शीपको उपयोग गरी राष्ट्रिय नीति र त्यसको कार्यान्वयन गरि समग्र देशको विकासमा योगदान गर्न समर्प्ति हुने तथा बेल्जियमको रानीतिक, प्रसाशनिक तथा उध्दमशिलताको सिकाइ मार्फत नेपाली राजनीतिज्ञ, कर्मचारीतन्त्र र उधमीहरुको क्षमता अभिबृददी गर्न समन्यकारी भूमिका खेल्ने छ (जस्तै संघीयता, स्थानीय सरकार संचालन, प्रविधी हस्तान्तरण आदि)। अन्त्यमा, स्वतन्त्र प्रबासी सम्पर्क मंच बेल्जियम सामजिक र आर्थिक परियोजनाका माध्यमबाट नेपालमा बसोबास गर्ने नेपाली र गैरआवासीय नेपाली बीच सुमधुर सम्बन्ध निर्माण गर्न सदै तत्पर रहनेछ।      

Leave A Reply

Your email address will not be published.