नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार दिन अध्यादेश जारी गर्दै,

0

नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार दिने गरी अध्यादेश ल्याउने तयारी गरेको छ । विदेशमा रहेका नेपालीलाई मताधिकार दिने कानुनी व्यवस्था गरिएको बिध्ययकको मस्यौदा गृह मन्त्रालयले तयार पारेर सुझावका लागि निर्वाचन आयोग पठाएको छ ।

सरकारले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार अधिकार सुनिश्चित गर्न प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐनमा संशोधन गरि मस्यौदा तयार पारेर गृह मन्त्रालयले निर्वाचन आयोगमा पठाएको हो ।

गृहमन्त्रालयका सहसचिब भरतमणि रिजालले ‘विदेशमा बस्ने नेपालीलाई समानुपातिकतर्फ भोट हाल्न दिने गरी ऐन संशोधनको प्राविधिक मस्यौदा निर्वाचन आयोगमा पठाएको जानकारी संचारमाध्यमलाई दिएकाछन।

आयोगले अग्रीम मतदान, विदेशस्थित कूटनीतिक नियोगमा मतदान केन्द्र राखेर मतदान, वा अनलाइन मतदान मद्य एक माध्यम बाट
विदेशमा बस्ने नेपालीहरूका लागि मताधिकारको प्रयोग गर्न दिने ब्यबस्था गर्ने तयारी गरेकोछ।

अग्रिम मतदानको सन्दर्भमा मतदाता नामावलीमा नाम भएका विदेशमा बस्ने नेपालीहरू निर्वाचनको समयमा नेपाल आएको बखत अग्रीम मतदान गर्न पाउने व्यवस्था प्रस्तावित छ ।

अनलाइन भोटिङको व्यवस्था अन्तर्गत जहाँ बसेको हो त्यहीँबाट मतदान गर्न पाउने भनिएको छ ।

विगतको छलफल समेतको आधारमा सरकार अहिले अगाडि बढ्न खोजेको हो ।

यस अघिनै सर्बोच्च अदालतले प्रवासका नेपाली नागरिकलाई मतदानको अधिकार दिन आदेश गरिसकेकोछ।

बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालले बेल्जियम लगायतका युरोपियन देशमा रहेका नेपाली नागरिकहरुको बिबरण संकलन गरेर आगामी निर्बाचनमा मताधिकारिको ब्यबस्था गर्न दुताबासले तयारि गरिरहेको जानकारी दिदै यसका लागि नेपाली समुदायको सहयोगको अपेक्षा गरेको बताउनुभएकोछ।

 

 

Leave A Reply

Your email address will not be published.