बागमती प्रदेश सभाको बैठक आज बस्दै

0

पर्याप्त बिजनेस नुहँदा दुई महिनासम्म बस्न नसकेको बागमती प्रदेश सभाको बैठक आज सोमबार बस्दै छ । प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएसँगै स्थगित भएको बागमती प्रदेश सभाको बैठक दुई महिनापछि बस्न लागेको हो ।

विजिनेसविहीन अवस्थामा रहेको प्रदेश सभा बैठकले यसपटक भने केही विजनेस पाउने भएको छ । प्रदेश सरकारका तर्फबाट सचिवालयमा अहिलेसम्म तीनवटा विधेयक दर्ता भएको बागमती प्रदेश सभा सचिवालयका सूचना अधिकारी सुन्दर बास्कोटाले बताउनुभयो ।

उहाँका अनुसार सचिवालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएको बताृनुभयो ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सोमबार दिउँसो १ः३० बजेका लागि बैठक बस्ने समय निर्धारण गरेको सूचना अधिकारी बास्कोटाले जानकारी दिनुभयो । प्रदेश सभा बैठकको कार्यसूचि निर्धारण आजै बिहान ११ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले तय गर्ने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.