एसिया कप क्रिकेटमा आज नेपालले भारतसँग खेल्दै

0

काठमाडौं \  एसिया कप क्रिकेटमा सोमबार नेपालले भारतको सामना गर्दैछ । यो खेल श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालमा नेपाली समय अनुसार दिउँसो सवा तिन बजे सुरु हुनेछ । यो खेलको विजेता टोली प्रतियोगिताको शिर्ष चारमा प्रवेश गर्नेछ ।

यो समुहबाट दुई खेलमा तिन अंक जोड्दै पाकिस्तान यसअघि नैं शिर्ष चारमा पुगिसकेको छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियोभने भारतसँगको दोस्रो खेल वर्षाले रद्द भएपछि अंक बाँडेको थियो ।

भारतविरुद्धको सोमबारको खेल नेपालको लागि कठिन हुनेछ । श्रीलंकामा सोमबार पनि आँधी तथा वर्षाको पुर्वानुमान गरिएकोले खेल प्रभावित हुनसक्ने बताईएको छ । खेल रद्द भएको अवस्थामा भारत शिर्ष चारमा प्रवेश गर्नेछ । नेपालको लागि भने शिर्ष चारमा प्रवेश गर्न भारतलाई हराउनैपर्ने हुन्छ ।

नेपाल र भारतका सिनियर क्रिकेट टोलीबीच पहिलो पटक एक दिवसिय क्रिकेट हुन लागेको हो । यसअघि उमेर समुहमा भने नेपालले एकपटक भारतलाई पराजित गरेको छ । सन् २०१७ को नोभेम्बर १२ मा पाकिस्तानमा भएको एसिसि युथ नाइन्टीन एसिया कप क्रिकेटमा नेपालको युवा टोलीले भारतलाई हराएको थियो । सोही हारको बाबजुद भारत प्रतियोगिताको समुह चरणबाटै बाहिरिएको थियो ।

उक्त टोलीका ६ जना खेलाडीहरु दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल, भिम सार्की, आशिफ सेख, सन्दिप लामिछाने र किशोर महतो अहिले नेपाली राष्ट्रिय टोलीबाट भारतविरुद्ध मैदानमा उत्रिदैछन् ।

Leave A Reply

Your email address will not be published.