नेपाली ब्यबसायी संघ डेनमार्क गठन

0

डेनमार्कमा ब्यबसाय गरी रहेका नेपाली व्यवसायीहरूले सामुहिक हितमा काम गर्ने उद्यस्यले नेपाली ब्यबसायी संघ डेनमार्क गठन गरेकाछन । आइतवार कोपनहेगनमा भएको भेलाले मिलन श्रेष्ठको नेत्रित्वमा नेपाली व्यवसायी संघ डेनमार्कको तदर्थ समिती निर्माण गरेको छ ।

लामो समयबाट ब्यवसाय गरिरहेका र उच्च शिक्षा अध्ययनका लागि डेनमार्क आएका बिद्यार्थीहरुले आफुले सिकेको बिभिन्न बिधाहरुका ज्ञान सिप र पुजीलाई ब्यवसायमा रुपान्तरण गर्ने सोचले संगठनको आवश्यकता महसुस गरि नेपाली ब्यबसायी संघ गठन गरिएको उनिहरुले बताएकाछन ।

मिलन टि. श्रेष्ठको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा शशी श्रेष्ठ, सचिवमा कृष्ण अधिकारी, कोषाध्यक्षमा कुलराज शर्मालाई चयन गरेको छ। सदस्यहरुमा नरेन्द्र पौडेल, योगेश भट्टराई,बुद्धी सापकोटा , किसोर प्रसाई , शुर्वण गौतम रहनु भएकोछ । नविन पौडेललाई लेखा निरिक्षकमा चयन गरिएकोछ ।

नेपाली ब्यबसायी संघ डेनमार्क बिशुद्ध नेपाली ब्यबसायिहरुको एक आपसमा सहयोग र सेबाको उद्देस्यले सुरुवात गरिएको र सस्थामा आबद्ध सम्पूर्ण साथीहरुले डेनमार्कमा ब्याबसाय गरी रहँदा आफुले भोगेका समस्या , आफ्नो अनुभब एक आपसमा साटासाट गरि अगाडी बढ्न एक अर्कोलाई सजिलो होस भन्ने मुख्य लक्ष राखी संस्था स्थापना गरिएको नेपाली ब्यबसायी संघ डेनमार्कका संस्थापक संयोजक मिलन श्रेष्ठले जानकारी गराउनु भएको छ ।

डेनमार्कमा होटेल, रेस्तुरेन्ट, सुपर मार्केट, ड्राइभिङ् स्कुल, नेपाली कपडा पसल, आईटी, शैक्षिक परार्मश, इन्जिनियरिङ्ग परामर्श, मनि ट्रान्सफर, ट्याक्सी र ट्राभल लगायतका ब्यवसाय गर्ने करीब ५० जना नेपाली ब्यबसायीहरु कृयाशिल छन ।

 

संस्थाको स्थापना गर्दा भेलाले केही आबस्यक कार्ययोजनाहरु तयार गरेकोछ,  जुन निम्न छन ।

१ नेपाल ; नेपाली वजार र नेपाली लाई डेनर्माकमा को बजारमा स्थापित गर्ने
२ आपसी सद्भाव बढाउनुका साथै आफ्ना अनुभव आदन प्रदान गर्ने
३ एकै उद्देश्यका ब्यक्तिहरुको साझा भेटघाट गर्ने अवसर जुटाउने
४ नयां अवधारणा साथ व्यावसायमा संलग्न हुन चाहाने व्यक्ति हरुलाई प्रोत्साहान गर्ने
५ . सामुहिक हकहितका सुचना एक आपसमा बाडने
६ . तेस्रो व्यापारीक पार्टसग वार्गेनिङ्ग पावर वृद्धि गर्ने अवसर जुटाउने
6 . हामी नेपाली को पहिचान डेनर्माक समाजमा स्थापित गर्ने ।

 

Leave A Reply

Your email address will not be published.