पाचौ एनआरएनए स्विडेन कपको उपाधि जेएसएस डेनमार्कलाई

0

एनआरएन स्वीडेनले २६ अगस्ट २०२३मा आयोजना गरेको ५ औ एनआरएन कपको उपाधी नेपाली जनसम्पर्क समिति, डेनमार्कको टिम जेएसएस डेनमार्कले जितेको छ । स्वीडेनको राजधानि स्टकहोममा आयोजित सो प्रतियोगितामा एफसी राइसिङ, डेनमार्कलाई १-० ले पराजित गर्दै उपाधी चुमेको हो । बिजेता र उपबिजेता दुबै टिम डेनमार्कका हुन ।

उपाधी सँगै बाह्र हजार स्विडिस क्रोनर नगद पुरस्कार जितेको जेएसएसले अन्तराष्ट्रिय प्रतियोगितामा पहिलो पटक भाग लिएको सभापति यादब बस्नेतले जनाएका छन । प्रतियोगितामा डेनमार्क, स्वीडेन र नर्बेका ८ वटा टिमहरु सहभागि रहेको आयोजक एनआरएनए, स्वीडेनका महासचिब राजेन्द्र तामाङले बताएका छन ।
7A साइडको फर्ममा आयोजित सो प्रतियोगिता रोमान्चक भएको र नेपाली समुदायमा भाईचारा प्रगाड बनाउने उदेश्यमा सफल रहेको आयोजकले बताएको छ ।
प्रतियोगितामा उपबिजेता बनेको एफसी राइसिङले नगद सात हजार स्वीडिस क्रोनर र मेडल पाएकोछ भने बेस्ट गोलकीपरको उपाधि पनि सोही टिमका किपरले जितेकाछन । त्यसैगरी, बिजेता टिम जेएसएसका युनिक राईले बेस्ट प्लेयर अफ द टुर्नामेन्टको उपाधी हात परेका थिए ।नर्बेको टिमले फेयर प्लेयिङ टिमको उपाधी जितेको थियो भने आयोजक स्वीडेनको एक टिमका खेलाडी दिपकले हाइ स्कोररको उपाधी हातपरेका छन ।

स्पोर्ट मार्फत आपसी सम्बन्ध अझै सु-मधुर बनाउन कार्यक्रम सफल रहेको सहभगि खेलाडी दर्शकहरुले प्रतिकृया दिएकाछन । यो फूटबल प्रतियोगितामा प्रमुख अतिथि एनआरएनए यूरोप संयोजक चिन्तामणी सापकोटा हुनुहुन्थ्यो भने बिशेष अतिथि एनआरएनए आसीसीका युबा उपसंयोजक किरण गुरुङ रहनु भएको थियो । कार्यक्रम एनआरएनए स्वीडेनका अध्यक्ष गंगा घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.