अन्तरराष्ट्रिय पर्बत समाजले बधाई एबम सम्मान कार्यक्रम गर्ने

0

संसारका बिभिन्न देशमा बसोबास गरिरहेका पर्बत जिल्ला जन्मस्थान भएका नेपालीहरुको संस्था अन्तरराष्ट्रिय पर्बत समाजले जुलाई महिनामा सम्पन्न एनआरएनएको एनसीसी निर्वाचनमा बिजयी पर्बतेलीहरुलाई बधाई तथा सम्मान गर्ने भएकोछ ।

सेप्टेम्बर तीन तारिख हुने भर्चुयल बधाई तथा सम्मान कार्यक्रमलाई एनआरएनए अध्यक्ष कुल आचार्य, उपाध्यक्ष महेश श्रेष्ठ र समाजका प्रमुख संरक्षक पुरन गिरी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेकोछ ।

एनआरएन अभियानमा पर्बतेलीहरुको एक्यबद्धता जनाउन र पर्बतेली एनआरएनकर्मिहरुलाई हौशला दिन कार्यक्रम आयोजना गरिएको अन्तरराष्ट्रिय पर्बत समाजका उपाध्यक्ष एवं यो कार्यक्रमका संयोजक गुणराज शर्माले बताउनु भएकोछ ।

विश्वमा छरिएका जिल्लाबासिलाई एकताबद्ध गर्न र सामुहिक प्रयत्नमा अन्तरराष्ट्रिय पर्बत समाज मार्फत जिल्लाको सम्ब्रिद्धी र सुखदुखमा हातेमालो गर्नका लागि पनि उक्त कार्यक्रममा छलफल गरेर प्रतिबद्धता जाहेर हुनेछ । समाजले स्थापना भए देखि आपत बिपतमा परेका मानिसहरुलाई आर्थिक भौतिक सहयोग लगायतका बिभिन्न परोपकारी र सामाजिक काम गर्दै आएको छ ।

देश बिदेशमा रहेका पर्बतेलीहरुलाई कार्यक्रममा जोडिएर अन्तरराष्ट्रिय पर्बत समाज प्रति एक्क्यबद्धता जनाइदिन समाजका अध्यक्ष झलक केसीले बिशेष अनुरोध गर्नु भएकोछ ।

Leave A Reply

Your email address will not be published.