एनआरएनए कोषाध्यक्ष लोक दाहाल द्वारा सचिब पदमा उम्मेद्बारी घोषणा,

0

एनआरएनएका बर्तमान कोषाध्यक्ष लोक दाहालले एनआरएनएको सचिब पदमा उम्मेद्बारी घोषणा गरेकाछन । बेल्जियमलाई कर्म थलो बनाएका ब्यबसायी दाहाल एनआरएनए बेल्जियमको महासचिब,अध्यक्ष,आइसिसीको सहकोषाध्यक्ष हुँदै हाल कोषाध्यक्ष रहेका छन ।

चर्चा परिचर्चा भन्दा पछाडि बसेर संगठनका काममा निरन्तर लागि रहने दाहाल सबैसँग मिलेर काम गर्न सक्ने नेताका रुपमा एनआरएन ब्रित्तमा परिचित छन । संगठन भित्र हुने बहस र बिबादमा सधैं मध्यमार्गी भुमिकामा रहेर संस्थाको हितमा आफ्नो अभिमत राख्ने गरेका उनलाई यस अभियानको आशा लाग्दो नेताका रुपमा एनआरएनहरुले चिनेका छन ।

एनसीसी बेल्जियमको महासचिब र अध्यक्ष हुँदा भुकुम्प पीडितका लागि राहत संकलन लगायत परोप्âकारी अभियान सफल बनाएका दाहालले बेल्जियमको नेपाली समुदायलाई उल्लेख्य सहयोग गरेका थिए ।

संक्रमणकालिन अवस्थामा पनि एनआरएनएको कोषाध्यक्षका रुपमा केन्द्रिय कार्यालयको मितब्ययी सँचालन, सभासम्मेलन र् अधिबेशनमा हुने अनाबस्यक खर्च कटौती र नियन्त्रण , संस्थाको बेरोजु फर्च्यौटमा अति कठोर कदम बनेर, त्यसबाट देखिने गरि कोषको ब्रिद्धि गरेर जिम्मेवारि पुरा गरेकाछन । त्रैमासिक रुपमा संस्थाको आर्थिक बिबरण प्रकाशनको थालनि पनि उनको कार्यकालमा भएकोछ ।

संस्था भित्र पारदर्शितालाई मुलमन्त्र बनाएका दाहालले सचिबको रुपमा खुल्ला बहस र छलफल चलाऊने, एनसीसीका गतिबिधिलाई अन्तरराष्ट्रियकरण गर्ने र आइसिसीका गतिबिधिमा प्रत्यैक पन्जिक्रित सदस्य र शुभचिन्तकहरुको पहुच बनाउने उद्यस्य राखेका छन । त्यसै गरि सुचनामा सहज पहुच बनाएर नयाँ पुस्तालाई अभियानमा सरिक बनाउने, संगठनको प्रशासन यन्त्रलाई पारदर्शी र छरितो बनाउने र प्रबासको सीप र प्रबिधिलाई मातृभूमीको सम्ब्रिद्धिका लागि प्रयोग गर्न सहज् बातावरण बनाउन प्रयास गर्ने प्रतिबद्धता गरेकाछन ।

एनआरएन अभियानलाई बिसुद्ध सामाजिक सेवामा केन्द्रित गर्ने र प्रबासको सीप र पुजीलाई देशहितमा प्रयोग गर्नका लागि पारदर्शी संजाल बनाएमा बिबाद र आलोचना कम हुने भएकोले त्यस दिशामा सकृय भएर कार्ययोजना बनाउने उनले बताएकाछन ।
रेड क्रस जस्तै बेल्जियमको परोपकारी संस्था भि-मेडको बोर्ड मेम्बर रहेका दाहालले नेपाल लगायत लक्षिण यसियाली देश र अफ्रिकाका बिभिन्न देशमा परोपकारी परीयोजना मार्फत सहयोग पुर्याउदै आएकाछन भने ब्यक्तिगत रुपमा पनि बिद्यालय , पुस्तकालय, स्वास्थ्यचौकीको निर्माण गरेकाछन ।

Leave A Reply

Your email address will not be published.