रसुवाबाट २ किलो सुनसहित दुईजना पक्राउ

0

काठमाडौँ \ रसुवाको स्याफ्रुबेसीबाट प्रहरीले २ किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ घर भएका सुदीप शेर्पा र भोटेकोशी–१ घर भएका खुर्साङ्बु शेर्पा छन् ।

मोटरसाइकल चढेर टिमुरेबाट काठमाडौँतर्फ आउँदै गरेका सुदीप शेर्पाले चेस्टगार्डमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरिएको रसुवाका डीएसपी सुवास बुढाथोकीले बताए । स्याफ्रुबेसी चेकपोष्टमा प्रहरीले चेकजाँच गर्दा सुन भेटिएको थियो ।

सुदीप शेर्पाले सो सुन आफुलाई खुर्साङ्बुले दिएको बताएका थिए । सुदीपको बयानको आधारमा खुर्साङ्बुलाई पक्राउ गरिएको डिएसपी बुढाथोकीले बताए ।

सुन र आरोपीतहरुलाई प्रहरीले राजस्व अनुसन्धान विभाग, हरिहरभवनमा पठाएको छ ।

Leave A Reply

Your email address will not be published.