भारतले पीएम ईबस सेवाका लागि छुट्यायो पाँच सय ७६ अर्ब भारतीय रुपैयाँ

0

भारत सरकारले पीएम ईबस सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले पीएम ईबस सेवा नामक दिगो शहरी विकासका लागि विद्युतीय बस सञ्चालन गर्न अनुमति दिएको हो ।

योजनाका लागि पाँच सय ७६ अर्ब भारतीय रुपैयाँ (करिब ६ दशमलव ९ बिलियन अमेरिकी डलर) स्वीकृत भएको छ । यस योजनाअन्तर्गत एक सय ६९ शहरमा विद्युतीय बस सञ्चालनका लागि प्रोत्साहन गरिनेछ ।

भारतीय खेलकुद, युवा मामिला र सूचना प्रसारणमन्त्री अनुराग ठाकुरले लगभग १० हजार नयाँ विद्युतीय बसहरु खरिद गरी सञ्चालन गर्न बजेट विनियोजन गरेको बताउनु भयो ।

उहाँले यो सेवा केन्द्र शासित प्रदेश, उत्तरपूर्वी राज्यहरु र पहाडी क्षेत्रहरुको राजधानीका तीन लाख बढी जनसंख्या भएका सहरहरुमा सञ्चालन हुनेछ ।  यस योजनाअन्तर्गत एक सय ८१ सहरमा चार्जिङ स्टेशनसँगै १० वर्षको अवधिका लागि विद्युतीय बस सञ्चालन हुनेछन् ।

Leave A Reply

Your email address will not be published.