राज्यको ढुकुटी दोहन गर्ने जो कसैलाई कारबाहीको दायरामा ल्याउनुपर्छ : महामन्त्री थापा

0

काठमाडौं \ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यको ढुकुटी दोहन गर्न खोज्ने प्रधानमन्त्री होस वा पूर्वप्रधानमन्त्री जो कसैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । पछिल्लो समय नेपालमा चलिरहेको ललिता निवास, सुन प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड अथवा विगतमा भएका कुनैपनि भ्रष्टाचारका मुद्दामा मुछिएका सबै व्यक्तिको निस्पक्ष छानविन र दोषीलाई कार्वाही हुनुपर्ने उहाँको भनाई छ ।

शनिबार इलाममा आयोजिक कार्यक्रममा बोल्दै उहाँले ललिता निवास प्रकरणमा तानिएका पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि छानविन नहोस भनेर सत्ता गठबन्धनमा चलिरहेको छलफल प्रति आपत्ती जनाउनुभयो ।

महामन्त्री थापाले आफ्नो पार्टीभित्र आठलाख ६६ हजार क्रियाशील सदस्य रहेकोमा ती मध्ये एक जनाले पनि राज्यको सम्पत्ती दुरुपयोग गर्छ, गर्न खोज्छ भने त्यसको भारी नेपाली कांग्रेसले नबोक्ने र त्यस्तो व्यक्ति नेपाली कांग्रेस हुन नसक्ने स्पष्ट पार्नुभयो ।

नेपाली कांग्रेसको एउटैमात्र संकल्प नेपाली जनतालाई स्वतन्त्र, सम्पन्नता र सम्मानित बनाउँदै सम्मूनत राष्ट्र बनाउने रहेको भन्दै महामन्त्री थापाले त्यसकालागि मुख्य एजेन्डा संविधानको कार्यान्वयन, परिमार्जन गर्दै सर्वस्वीकार्य बनाएर त्यसको ‘फ्रेमवर्क’ भित्र काम गर्ने बताउनुभयो ।

महामन्त्री थापाले नेपाली कांग्रेसभित्र रहेको गुटबन्दी हटाउन पाटीको विधि प्रक्रियानै परिवर्तन हुनुपर्ने तर्क गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.