मेरो डान्स युनिभर्सको ताज खुशी कार्कीलाई, बेल्जियमकी देबी गर्बुजा मगर बनिन फस्ट रनरअप,

0

मेरो डान्स युनिभर्सको बिजेता खुशी कार्की भएकीछिन भने देबी गर्बुजा मगर फर्स्ट रनरअप भएकी छिन । दुबै जना गैर आबासीय नेपाली नागरिक हुन ।

खुशी थाइल्यान्डबाट प्रतिनिधित्व गर्छिन भने देबी बेल्जियम बस्ने गैर आबासीय नागरिक हुन । बेल्जियममा भएको युरोप अडिसनबाट चयन भएकी देबी र यसियाबाट चयन भएकी खुशीले विश्वका ५२ देशका १२० जना प्रतिस्पर्धिलाई पछि पार्दै बिजेता र उपबिजेता बनेका हुन ।

आज भएको फाइनलमा सभामुख देबराज घिमेरे र इन्ट्रा फाउन्डेशनका अध्यक्ष डिल्लि अधीकारीले देबीलाई तीस लाख नगद पुरुस्कारको चेक र अवार्ड प्रदान गरेकाछन ।

देबी गर्बुजा मगर बेल्जियममा नेपाली बाबुनानीहरुलाई न्रित्य सिकाउने गुरुआमा हुन । देबीले इन्ट्रा फाउन्डेशनले दिने ३० लाख नेपाली रुपया नगद पुरुस्कार सहित बिभिन्न ब्यक्ति र संस्थाले प्रायोजन गरेका पुरुस्कार पाएकि छिन । खुशीले एक करोड रुपया नगद जितेकिछिन ।

देबीको प्रस्तुतिलाई मन पराएर संसार भरि बाट भोटिङ गरिएको थियो । बेल्जियमबाट प्रतिनिधित्व गरेर राष्ट्रिय स्तरको प्रतियोगितामा द्वितीय स्थान हाशिल गर्न सफल भएकोमा उनका परिवारका सदस्य एबम एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा लगायत बेल्जियमबासिले खुशी ब्यक्त गरेकाछन । देबीलाई हौशला प्रदान गर्न युरो नेपाल कलाकार संघ बेल्जियमका अध्यक्ष बलराम पुन काठमाडौं पुगेकाछन ।

प्रबासको दोश्रो पुस्ताको यो सफलताले आगामी दिनमा नयाँ प्रतिभाहरुलाई हौशला प्राप्त हुने विश्वाश गरिएकोछ ।

अमेरिकामा मुख्यालय रहेको भुटानी नेपालीहरुले स्थापना गरेको इन्ट्रा फाउन्डेसनले नेपाली भाषा र कला संस्क्रिति सम्बर्धनका साथै परोपकारी काम गर्दै आएकोछ ।

इन्ट्राले पहिलो पटक नेपालको ईतिहासमै एक करोड रुपया प्रथम पुरुस्कार भएको डान्स रियालिटि शो आयोजना गरेको हो । जसको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनको भगिनी प्रशारण संस्था एनटिभि प्लसले गर्दै आएको थियो ।

Leave A Reply

Your email address will not be published.