जेएसएस फूटबल डेनमार्कको उपाधि एफसी युल्यान्डलाई

0

सरस्वती कार्की; कोपनहेगन,

नेपाली जन–सम्पर्क समिति (जे.एस.एस) डेनमार्कको आयोजनामा प्रत्यैक बर्ष हुने फुटबल प्रतियोगिताको आठौ श्रिंखलाको ट्रफि यो बर्ष फुटबल क्लब युल्याण्ड (एफसी युल्याण्ड) ले जितेकोछ ।
६ जुलाई आईतवार कोपनहेगनमा भएको खेलमा एफसी युल्याण्डले हिमालयन ब्लाकलाई १ का बिरुद्ध ३ गोल गर्दै बियजी भएको हो ।

बिजयी टिम एफसी युल्याण्डले १० हजार डेनिस क्रोनर पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गरेको छ । प्रथम टिमलाई गैर आवासीय नेपाली संघ डेनमार्कले ७ हजार क्रोनर दिएर सहयोगी प्रायोजन गरेको छ । उप विजेता हिमालयन ब्लाकले ६ हजार डेनिस क्रोनर सहित ट्रफी र मेडल पाएको छ । उप विजेतालाई इन्टरनेशनल ट्राभल्सका बिकाश मैनालीले २ हजार ५ सय नगद उपलब्ध गराएर सहयोगी प्रायोजन गर्नुभयो ।

गत शनिबार र आइतबार सम्पन्न प्रतियोगितामा आठ वटा टिमहरु सहभागी थिए । सो प्रतिस्पर्धामा एफसी युल्याण्ड, हिमालयन ब्लाक, हिमालयन ह्वाइट, गैर आवासीय नेपाली संघ (एनआरएनए) स्वीडेन, बेलावे क्लासिक ब्लु, बेलावे क्लासिक रेड, एफसी राइजिङ स्टार र युनिटी एफसी क्लबहरु मैदानमा उत्रेका थिए ।

जन–सम्पर्क समिति डेनमार्कद्धारा आयोजित खेलमा बिभिन्न बिधामा पुरस्कारहरु वितरण गरियो । बिधाहरुमा नगद पुरस्कार राशी उपलब्ध गराई सहयोग गर्नेहरुमा ग्लोबल ट्राफिकका पाल्देन शेर्पा, स्थानीय नेता हरि न्यौपाने, प्रवासी नेपाली मञ्च डेनमार्क छन् । यसैगरी अन्य सहयोगीहरुमा डान एशियाका सुवर्ण गौतम, एनआरएनए डेनमार्कका नव निर्वाचित आइसीसी सदस्य दिपक रिजाल, राघवेन्द्र (रविन) प्रताव सिंह कार्की रहनु भएको छ ।

प्रतियोगितामा बिधा अनुशार पुरस्कृत हुने टिम र खेलाडीहरुमा बेस्ट प्लेयर दर्पण खड्का, टप स्कोररद्धय बिशाल खड्का र प्रचण्ड लामा, बेस्ट डिफेन्डर बिजु रसाइली, बेस्ट गोल किपर केवल गिरी, बेस्ट टिम म्यानेजर एनआरएनए स्वीडेन र फेयर टिम युनिटी एफसी रहेका छन् ।
प्रतियोगितामा १३ बर्ष मूनिका बालबालिकाहरुको समेत मैत्रीपूर्ण खेलका लागि सहभागीता थियो । खेल खेल्न १ सय ७ जना बालबालिकाहरु सहभागी थिए । प्रतियोगितामा बालबालिकाहरुले पनि मेडल पाएका थिए । बालबालिकाहरुको खेलमा जन–सम्पर्क समितिका बरिष्ठ उपाध्यक्षद्धय दिपेन्द्र चुडाल र प्रकाश ढकालले संयोजन गर्नु भएको थियो ।

कार्यक्रममका प्रमुख अतिथि डेनमार्कका लागि नेपाली राजदूत प्रा.डा. राम स्वार्थ रायले खेल मनोरंजन मात्र नभएर स्वस्थ्य जीवनको लागि समेत उत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो । ‘नेपालीहरु एउटै ठाउँमा उभिएर भाइचारा आदान प्रदान गर्नु जन–सम्पर्कको चाहना हो ’ फुटबल प्रतियोगिता आयोजना गर्नुको उद्देश्य बारे प्रस्ट पार्दै जन–सम्पर्क समिति डेनमार्कका अध्यक्ष यादव बस्नेतले भन्नुभयो ‘नेपाली माझ यो कार्यक्रम गौरवको बिषय बनेको छ ।’

एनआरएनए डेनमार्कका अध्यक्ष कमल राज शर्माले खेलले नेपालीहरुलाई अझ एकजुट बनाएको बताउनु भयो । यसै महिनामा एनआरएनए स्वीडेनको आयोजनामा स्वीडेनमा हुने फुटबल प्रतियोगितामा डेनमार्क पनि सहभागी हुने जानकारी दिदै त्यसका लागि इच्छुक खेलाडीहरुलाई सम्पर्कमा आउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपालीहरुको उल्लेख्य मात्रामा सहभागी रहेको थियो । खेल संयोजक रमेश घिमिरेले सहयोगी र सहभागी सबैलाई धन्यवाद दिदै आगामी दिनमा समेत बसैको सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रम संस्थाका महामन्त्रीद्धय बिजय सापकोटा र कृष्ण गिरीले संचालन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.