तीजमा ब्रुसेलका नेपालीहरुलाई नचाउन आउँदै गायिका मल्लिका कार्की,

0

नेपाल ब्रुसेल मिलन केन्द्रले नेपाली महिलाहरुको पर्ब तीज नेपालकी लोकप्रिय गायिका मल्लिका कार्कीको लाइभ प्रस्तुति सहित मनाउने भएकोछ ।

सेप्टेम्बर १७ तारिख आईतवार आयोजना गरिएको तीज बिशेष सांस्कृतिक साँझमा तीजको दर खाने र शुभकामना आदानप्रदानको कार्यक्रम गरिने संस्था अध्यक्ष एबम एनआरएनए आइसिसी सदस्य भिम सुबेदीले जानकारी गराउनु भएकोछ । ।

गायिका कार्कीले आफ्नो नयाँ तीज गीत ‘रातो सारी रातो टिका’ लगायत अन्य चर्चित गीत गाएर मनोरन्जन गराउने छिन । कार्यक्रममा स्थानीय कलाकारहरुले पनि मनोरन्जन गराउने तयारी गरेकाछन ।

तीज बिशेष कार्यक्रममा ब्रुसेल यरियाका महिला दिदिबहिनीहरुलाई दर खुवाउने कार्यक्रम रहेकोछ ।

नेपाल ब्रुसेल मिलन केन्द्रले नेपाली चाडपर्बहरुमा सामाजिक सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेर बेल्जियमको राजधानी ब्रुसेलमा बसोबास गर्ने नेपाली समुदायलाई एकताबद्ध गर्ने काम गर्ने गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.