किरात याक्थुङ चुम्लुङ बेल्जियमको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा बदन योङ्हाङ

0

किरात याक्थुङ चुम्लुङ बेल्जियमको अध्यक्षमा बदन योङ्हाङ सर्बसम्मतिमा चयन हुनु भएकोछ । मंगलबार बेल्जियमको लुभेन शहरमा भएको संस्थाको पहिलो अधिबेशनले संस्थापक संयोजक रहेका योङ्हाङलाई आगामी कार्यकालका लागि निर्बिरोध चयन गरेको हो ।

त्यसै गरि उपाध्यक्षमा पेमावती लिम्बु,सचिबमा कला इधिङ्गो,कोषाध्यक्षमा मोहन कुरुम्बाङ (सविन) सदस्यहरुमा बलबहादुर सेनेहाङ,कबिता लिङ्दम र धनु कन्दवा चयन हुनु भएको छ । बिमल सुब्बा संयोजक र माकुना राई , कर्ण सुब्बा सदस्य भएको अध्यक्ष मन्डल ले नबनिर्बाचित कार्यसमितिको घोषणा गरेको थियो ।

त्यस अघि भएको किरात याङ्थुङ चुम्लुङको पहिलो अधिबेशनको औपचारिक समारोहको प्रमुख अतिथी आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष वीरमान मगर र बिशेष अतिथी एनआरएनए बेल्जियमका उपाध्यक्ष लोकेन्द्र नेपाल ‘पुष्प’ले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गर्नु भएको थियो ।

नेपाल र बेल्जियमको राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा उपस्थित पाहुनाहरुलाई माकुना राईले स्वागत गर्नु भएको थियो ।

संस्थाको प्रथम अधिबेशनको सफलताको लागि प्रमुख अतिथि वीरमान मगर, बिशेष अतिथि लोकेन्द्र नेपाल, राजेन्द्र कार्की कास्की समाज,ओम प्रशाद गुरुङ सिक्रे पार्चे कल्याण कोष,नन्द कुमारी गुरुङ पर्बत समाज,अनिता लामा तमाङ समाज,प्रबिना गुरुङ तमु धिं बेल्जियम,इन्दिरा राई किरात राई समाज,लोक राना विश्वा मगर संघ बेल्जियम , मनिष गुरुङ नेपाली जन प्रगतिशिल मंच,सुबाश गुरुङ नेपाली जनसंपर्क समिति,जित लामा नेपाली जनप्रगतिशिल मंच, बिष्णु भुजेल नेपाली जन प्रगतिशिल मोर्चा युरोप लगायतले शुभकामना दिनु भएको थियो ।

किरात याक्थुङ चुम्लुङ बेल्जियमका संयोजक एबम कार्यक्रमका सभापती बदन योङ्हाङले उपस्थित पाहुनाहरु र सहयोगि सबैलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रमको संचालन कला इधिङ्गोले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.