कोशी प्रदेश सरकार गठनको विवादमाथि आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

0

काठमाडौं \  कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि मुद्दाको सुनुवाई मंगलबारदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा हुने भएको छ । कोसी प्रदेश सरकार गठनसम्बन्धी विवादमा संवैधानिक व्याख्याको प्रश्न निहीत रहेको भन्दै त्यसको निरूपणको लागि सो मुद्दा पूर्ण इजलासमा पठाइएको हो ।

सभामुख बाबुराम गौतमको समेत मतमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले त्यो प्रक्रियाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो ।

संविधान विपरीत सभामुखको हस्ताक्षर प्रयोग गरेर थापालाई प्रदेश परशुराम प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरे पछि सोको विरुद्धमा प्रदेशको सबैभन्दा ठुलो दल नेकपा एमाले सर्वोच्च अदालतमा पुगेको हो ।

अब पूर्ण इजलासले सभामुख गौतमको हस्ताक्षरसमेतका आधारमा गठन गरिएको सरकार संवैधानिक हो कि होइन भन्ने प्रश्नको निरूपण गर्ने छ ।

Leave A Reply

Your email address will not be published.