एनआरएनए नेदरल्यान्डको अध्यक्षमा थानेश्वर कंडेल र महासचिवमा सावित्री पौडेल सहित कार्यसमिती निर्विरोध निर्वाचित

0

एनआरएनए नेदरल्यान्डको दशौ महाधिवेशनले आगामी कार्यकालका लागि थानेश्वर कंडेलको अध्यक्षतामा निर्विरोध कार्य समिति चयन गरेको छ । सोमबार आम्स्ट्राडममा भएको महाधिवेशनले अध्यक्षमा थानेश्वर कंडेल, वरिष्ठ उपाध्यक्षमा भीम बहादुर रोका, पाँच क्षेत्रीय र खुला उपाध्यक्षमा क्रमश सीता सापकोटा, संघर्षशील केसी, सीता कुमारी थापा, पेमा लामा,अर्चना पाण्डे र रामचन्द्र पोख्रेललाई निर्विरोध निर्वाचित गरेकोछ ।

त्यसै गरी महिला उपाध्यक्षमा अम्बिका गिरी, युबा उपाध्यक्षमा दिनेश गिरी , महासचिवमा साबित्री पौडेल (सबु), सचिवमा सन्दीप विश्वकर्मालाई निर्विरोध निर्वाचित गरेकोछ । कोषाध्यक्षमा कमल बहादुर विश्वकर्मा,सहकोषाध्यक्षमा सुमन काफ्ले, महिला संयोजकमा सरोजा ढकाल गिरी र युवा संयोजकमा अनिल कार्की पनि निर्विरोध निर्वाचित हुनु भएको हो । त्यसैगरी सदस्यहरुमा धन कुमार बोहरा, डम्बर कोइराला, राम बहादुर पौडेल, नर बहादुर कार्की, कैलाश गिरी, प्रेम बहादुर पुन, गगन जंग बहादुर सिंह, सुवास बस्नेत र भीमभक्त राई निर्विरोध चयन हुनु भएकोछ ।

एनआरएनए आईिससी सदस्यमा मीम बहादुर पुर्जा निर्विरोध निर्वाचित हुनु भएको छ । एनआरएनएका केन्द्रीय कोषाध्यक्ष फणिन्द्र पन्त संयोजक, राजेन्द्र कुमार शर्मा सदस्य सचिव र उदय नेपाली, प्रेमजंग गुरुङ, कुस बजगाइ सदस्य रहेको निर्वाचन समितिले सर्वसहमतिमा निर्वाचित कार्यसमितिको घोषणा गरेको हो ।

नवनिर्वाचित पदाधिकारीहरुलाई एनआरएनए केन्द्रीय पदाधिकारीहरु उपाध्यक्ष नारायण आचार्य, युवा उपाध्यक्ष हिमाल गुरुङ, सचिव गंगाधर गौतम लगायतका केन्द्रीय र एनसिसीका पदाधिकारीहरुको रोहबरमा निर्वाचन समिति संयोजक एंव केन्द्रीय कोषाध्यक्ष फणिन्द्र पन्तले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.