कांग्रेस भित्र देखा परेका मतभेदहरु तत्काल हटाउन आवश्यक छ : सभापति देउवा

0

काठमाडौं \ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्र देखा परेका मतभेदलाई तत्काल अन्त्य गर्न अतिआवश्यक भएको बताउनु भएको छ ।

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको जिल्ला सम्मेलनमा बोल्दै उहाँले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन पनि पार्टी भित्र देखा परेका मतभेदलाई अन्त्य गर्न ढिलाई गर्न नहुने तर्क गर्नुभयो ।

लोकतन्त्रलाई सुदृढ बनाउन र मुलुकमा स्थायी शान्ति र समृद्धि ल्याउन पनि नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने भएकाले पार्टी भित्र एकतावद्ध हुन जरुरी रहेको देउवाको भनाई थियो ।

सभापति देउवाले पार्टी भित्र एकता कायम भए नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दावी समेत गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.