गैर आवासीय नेपाली संघ अस्ट्रियाको अध्यक्षमा ध्रुव बहादुर पौडेल निर्वाचित

0

गैर आवासीय नेपाली संघ अस्ट्रियाको अध्यक्षमा ध्रुव बहादुर पौडेल निर्वाचित हुनु भएकोछ । आज भएको निर्वाचनमा २३० मत सहित पौडेल निर्वाचित हुँदा बाबा राजेश्वरी थापाले १४२ मत प्राप्त गरेर उपविजेता हुनु भएकोछ । आईसिसी सदस्यमा मनोज विष्ट २०२ मत ल्याएर निर्वाचित हुँदा अर्का उम्मेद्वार राम बहादुर विश्वकर्माले १८२ मत प्राप्त गर्नु भयो ।

त्यसै गरि महिला उपाध्यक्षमा सन्तोषी भण्डारी १९६ मत सहित निर्वाचित हुँदा प्रतिभा कार्कीले १७८ मत प्राप्त गर्नु भएकोछ ।

दुई उपाध्यक्षमा रिम बहादुर खड्का २१५ मत, दविन लामा गुरुङले २१५ मत पाएर निर्वाचित हुनु भएकोछ भने अर्का उम्मेद्वार दिनेश बैदारले १७४ मत प्राप्त गर्नु भएकोछ ।

महासचिवमा डाइमन्ड राई २११ मत सहित निर्वाचित हुनु भएकोछ भने शुभद्रा थापा भण्डारीले १७७ मत प्राप्त गर्नु भएकोछ ।

यस अघिनै सचिवमा रिमा विस्ष्ट र ज्ञानेन्द्र बर्तौला, कोषाध्यक्षमा वीरेन्द्र बहादुर पुन , सहकोषाध्यक्षमा राजु रामदान,महिला संयोजकमा निर्मला कार्की, युवा संयोजकमा फुर्वा तामाङ्, युवा सहसंयोजकमा राजिप थेवे र सदस्यमा कुमिर घर्तीमगर निर्विरोध निर्वाचित भैसक्नु भएकोछ ।

एनआरएनए अस्ट्रियामा ४४१ जना पन्जिक्रित सदस्यहरु मतदाता हुनुहुन्थ्यो ।

निवर्तमान हुँदै गरेकी एनआरएनए अस्ट्रियाकी अध्यक्ष भवानी तिवारीले निर्वाचन समिति र आम मतदाताहरुलाई शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सहयोग गर्नु भएकोमा धन्यवाद दिनु भएको थियो । साथै निर्वाचन परिणाम घोषणा कार्यक्रममा एनआरएनए युरोप उपसंयोजक सागर सुवेदीले मत परिणाम सुनाउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.