कांग्रेसको केन्द्रीय समिति बैठक शुरु, पहिलो पटक ‘लाइभ’

0

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि शुरु भएको हो ।

झन्डै एक वर्षपछि शुरु भएको यो बैठकलाई पार्टीभित्र र बाहिरबाट समेत महत्त्वका साथ हेरिएको छ । आजको बैठकमा महामन्त्री गगन थापा समूहले सभापति शेरबहादुर देउवालाई विभिन्न विषयमा र्‍याखर्‍याख पार्ने तयारी गरेको छ । केही समय पहिले देउवाविरुद्ध निकै आक्रोशित हुने शेखर कोइराला समूह भने पछिल्लो समय केही संयमित देखिएको छ । संस्थापन पक्षले भने प्रतिकूल अवस्थामा पनि पार्टीलाई केन्द्रदेखि प्रदेशसम्म सत्ता–राजनीतिको केन्द्रमा ल्याएको र चुनावमा पहिलो दल बनाएको लगायत विषय उठाउँदै छ ।

कांग्रेसभित्र एक वर्षको बीचमा विभिन्न विवाद र कलह भए पनि केन्द्रीय समितिको बैठक बस्न सकेको थिएन । गएको मङ्सिरमा भएको चुनावको नतिजाबारे समेत कांग्रेसले केन्द्रीय समितिको बैठकमा समीक्षा र छलफल गर्न सकेको थिएन ।

हिजो साेमवार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ । बैठकको प्रत्यक्ष प्रसारण भइरहेको छ ।

 

Leave A Reply

Your email address will not be published.