संसदमा आफ्नाे फाेटाे नराखेकाे भन्दै उपसभामुख रानाको असन्तुष्टि

0

उपसभामुख इन्दिरा रानाले संसदमा आफ्नाे फोटो नराखेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । ६५औँ संसद् दिवसको अवसरमा आज शनिवार काठमाण्डौमा आयोजित कार्यक्रममा उहाँले संसदमा सभामुखको मात्रै फाेटाे राखेकाेप्रति असन्तुष्टि जनाउनु भएकाे हाे।

केही समयअघि सिङ्गापुरको संसद्को भ्रमण गर्दा विगतदेखि वर्तमानसम्मका सभामुखको फोटो राखेकाे देखेकाे बताउँदै उहाँले नेपालमा भने त्यस्तो हुन नसकेको बताउनु भयाे । उहाँले संसदमा उपभासमुखप्रति हेपाहा प्रवृत्ति देखाएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘केही समयअघि म सिङ्गापुर गएको थिएँ । डब्ल्युटीओको कन्फ्रेन्समा । त्यहाँ संसद् भ्रमण गर्ने माैका पाएकाे थिएँ ।  त्यहाँ पहिलाका सभामुखले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखले कस्तो लगाउनुहुन्छ ? त्यो विकास क्रमअनुसार  राखिएकाे छ, अभिलेखका रुपमा । हामीमा खै त त्यस्तो ? भित्र पस्ने बित्तिकै सभामुखकाे फोटो राखिएकाे छ । हाम्रो त छैन । उपसभामुखलाई वायस गरेको जस्ताे लाग्छ । यो कुरा मनन गर्नुपर्छ।’

उपसभामुख रानाले हरेक क्षेत्रमा सुशासन र पारदर्शिता हुन जरुरी रहेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.