सार्वजनिक लेखा समितिमा अहिलेसम्म १२१ वटा उजुरी

0

काठमाडौं \  सार्वजनिक लेखा समितिमा अहिलेसम्म १२१ वटा उजुरी परेका छन् । बुधवार दिउँसो सिंहदरबारमा बसेको संघीय संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुलाई जानकारी दिँदै समितिका ज्येष्ठ सदस्य एवं सभापति अर्जुननरसिंह केसीले समितिमा १२१ वटा उजुरी परेको बताउनुभएको हो ।

उहाँले समितिले जुनसुकै विचाराधीन पुराना फाइल खोलेर त्यसमाथि अनुसन्धान अघि बढाउन सक्ने बताउनु भयो । उहाँले समितिमा हालसम्म परेका नयाँ र पुराना उजुरीमाथि समितिका सांसदहरुले अध्ययन गर्नसक्ने बताउनु भयो ।

केसीले समितिले जुनसुकै समयमा उजुरी दिने र पर्ने दुवैलाई राखेर छलफल गर्नुपर्ने आवश्यक्ता भए छलफल हुनुपर्ने बताउनु भयो । उहाँले समितिले पक्ष वा विपक्ष कसैलाई पनि आग्रह वा पूर्वाग्रह राखेर हेर्न नहुनेमा जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.