राष्ट्रपती द्वारा नागरिकता बिद्ययक पारित भए पछि एनआरएनहरु खुशी, गैर आबासीय नेपाली नागरिकता प्राप्तिको बाटो खुल्यो,

0

राष्ट्रपती रामचन्द्र पौडेलले नागरिकता बिद्ययक प्रमाणिकरण गरेको समचारले प्राबासका नेपालीहरुमा खुशीयाली छाएकोछ । गैर आबासीय नेपाली संघको लामो प्रयास र दबाबबाट नागरिकता बिद्ययकमा गैर आबासीय नागरिकताको ब्यबस्था गरिएकोमा उक्त बिद्ययक नेपालका राजनितिक पार्टीहरुको खिचातानीमा अल्झिएको थियो,   बिद्ययक प्रमाणिकरण पछि नयाँ अध्याय सुरु भएकोछ ।

बिशेष गरी युरोप, अमेरिका, अस्ट्रेलिया लगायतका देशको नागरिकता लिएका नेपालीहरु नेपालको संबिधानमा दोहोरो नागरिकताको ब्यबस्था नभएकोले सम्पत्तीको सुरक्षा, लगानी  लगायत अन्य गतिबिधिमा समस्या र कानुनी झमेला झेल्दै आएका थिए ।

बिद्ययकमा बिशेष गरी तीन वटा ब्यबस्था एनआरएन नागरिकता, आमाको नामबाट नागरिकता पाउने र अङ्गिक्रित नागरिकका सन्तानलाई बंसजको नागरिकता पाउने ब्यबस्थाले नेपाली समाजलाई दिर्घकालिन असर गर्ने अनुमान गरिएकोछ, यसबाट हुने सकारात्मक परिवर्तनले देश र प्रबासमा नयाँ अबसरको सिर्जना गर्नेछ ।

राष्ट्रपती पौडेलले बिद्ययक प्रमाणिकरण गरे संगै एनआरएन अभियान्ताहरुले धन्यवाद सहित खुशी प्रकट गरेकाछन । संगठनको तर्फबाट दोहोरो नागरिकता अभियानको लामो समय नेत्रित्व गरेका संघका संस्थापक उपाध्यक्ष राम प्रताप थापाले गैर आबासीय नेपाली नागरिकताको ब्यबस्थाले बिदेशमा भएका नेपालीहरुलाई नेपाल सँग जोड्ने अभियानमा पहिलो सफलता प्राप्त भएकोमा खुशी लागेको बताउनु भएकोछ ।
थापाले अहिले पाएको अधिकारको उपयोग गर्दै नागरिकता निरन्तरताको अभियानलाई एनआरएनएले जारी राख्नु पर्ने सुझाब पनि दिनु भएकोछ ।

त्यसै गरि गोर्खाहरुको बाक्लो बसोबास रहेको बेलायत बस्ने संघका अध्यक्ष कुल आचार्यले एनआरएन अभियानको अति महत्वपूर्ण बिषयको सम्बोधन भएकोमा खुशी ब्यक्त गर्दै यस अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएकोछ ।  आफुले सम्पूर्ण उर्जा र इफोर्ट एनआरएन नागरिकताको लागि लगाएर नेपालका राजनितिक नेत्रित्व र कर्मचारीतन्त्रलाई सहमत गराउन सकेकोले यो उपलब्धी प्राप्त भएको आचार्यले बताउनु भएकोछ ।

त्यसै गरि कार्यकारी अध्यक्ष बद्री केसी, अध्यक्ष रबिना थापा र कुल आचार्यले संयुक्त बिज्ञप्ती जारि गर्दै नागरिकता बिद्ययक प्रमाणिकरण् भएकोमा खुशी ब्यक्त गरेकाछन ।

गैर आबासीय नेपाली संघका सचिब गंगाधर गौतमले एनआरएनए द्वारा स्थापना कालदेखि उठाएको एक पल्टको नेपाली सधैको नेपाली भन्ने मुल एजेन्डालाई सार्थकता तर्फ लैजान यो सहज बाटो बन्नेछ। सम्बिधानले प्रदत्त गरेको अधिकार समेत कानुन निर्माण भै कार्यान्वयनमा न आउँदा बिदेशमा बस्ने नेपालीहरुलाई परेको असजिलो लाई बिधेयक प्रमाणीकरण संगै मार्ग प्रसस्त गरेको छ भन्दै नमिलेका कुराहरु आगामी दिनमा मिलाएर अघी बढ्न सकिने बताउनु भएकोछ ।
एनआरएनए बेल्जियमका अध्यक्ष खड्क केसीले बेल्जियम बस्ने नेपालीहरुले नेपालमा रहेको सम्पत्तिको सुरक्षाका बारेमा चिन्ता ब्यक्त गर्ने गरेकोमा नागरिकता बिद्ययकले त्यसको समाधान गर्ने विश्वाश ब्यक्त गर्नु भएको छ ।

बिदेशको नागरिकता लिएमा नेपालको नगरिकता स्वत: खारेज हुने ब्यबस्था संबिधानले गरेकोले बिदेश बस्ने नेपालीहरु नेपाल भएको सम्पत्तीमा पनि स्वत मालिकाना हक गुम्ने डरले नेपालमा हुँदा खारेज भैसकेको नेपाली नागरिकता प्रयोग गर्ने गरेका थिए , जसका कारण बिभिन्न कानुनी र अन्य झमेलामा पर्ने गरेका थिए ।

अमेरिकाको नागरिकता लिएका रास्वपाका सभापति रबी लामिछानेले पछील्लो समयमा भोगेको कानुनी झमेलाले गर्दा बिदेशी नागरिकता लिएका नेपालीहरु झन धेरै डराएका थिए ।

अब संबिधानले ब्यबस्था गरे अनुसार राजनीतिक अधिकार बाहेक सामाजिक र सन्स्कृतिक अधिकार सहित् गैर आबासीय नेपाली नागरिकता पाउने बिद्ययक पारीत भएकोमा प्रबासका नेपालीहरुको धेरै समस्या समाधान हुने विश्वाश गरिएकोछ ।

Leave A Reply

Your email address will not be published.