प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता

0

काठमाडौं \  भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार भेटवार्ता हुँदैछ ।बिहीबार बिहान ११ बजेर ५ मिनेटमा दाहाल र मोदीबीचको भेटवार्ता तय गरिएको छ । प्रधानमन्त्री दाहालले बिहीबार बिहान राजघाटस्थिल महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्प अर्पण गर्ने कार्यक्रम छ ।

दुई प्रधानमन्त्रीबीचको भेटवार्तापछि संयुक्त सम्मेलन गर्ने कार्यक्रम पनि छ । प्रधानमन्त्री दाहालले बिहीबारै अपरान्ह ४ बजे भारतीय उपराष्ट्रपति जगदीप धनखडेसँग शिष्टाचार भेट गर्नुहुने छ भने, साढे ४ बजे दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलाई भेट्ने कार्यक्रम रहेकाे छ ।

अपरान्ह साढे ५ बजे दाहालले भारतीय उद्योगी व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम छ । बुधबार दिउँसो नयाँदिल्ली पुग्नु भएका प्रधानमन्त्री दाहालसँग बुधबार साँझ भारतीय प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलँंग भेटवार्ता गर्नुभएको थियो ।

दोभालँंगको भेटमा भारतको तर्फबाट विदेश सचिव विनय क्वात्रा पनि सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री दाहालसँग भने छोरी गंगा मात्रै बसेकी थिइन् । बुधबार राती नेपाली दूतावासमा आयोजित रात्रीभोजका क्रममा प्रधानमन्त्री दाहालले दिल्लीमा बस्ने नेपाली समुदायलाई सम्बोधन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.